प्रस, वीरगंज, ७ असार/

वीरगंज महानगरपालिका कार्यालयले बिहीवारदेखि माईराम पोखरी (चिल्डे«न पार्क)को अतिक्रमित क्षेत्र हटाउने कार्यलाई पुनः निरन्तरता दिएको छ ।

पछिल्लोपटक महानगरले चिल्डे«नपार्कको अतिक्रमित क्ष्Fेत्र हटाउने कार्य गत फागुन १६ गतेदेखि शुरू गरेको थियो । स्थानीयले पटक–पटक आफैंले संरचना हटाउने भनी समय लिएको र महानगरले पनि समय प्रदान गर्दै आएकामा त्यतिखेर एक महीनामा चारपटक मात्र डोजर चलेको थियो । एक महीनाको अन्तरालमा समय लिएका स्थानीयले उच्च अदालतबाट अन्तरिम आदेश जारी गराएर महानगरको अभियान रोकेका थिए ।

माईराम पोखरी २०२१ सालको नापनक्शासम्म चार बिघा क्षेत्रफलमा थियो । पछि पोखरीको डिलमा तीन धुरदेखि एक कट्ठासम्म जग्गा खरीद गरेका ५७ जनाले अतिक्रमण गरेर सो पोखरीलाई १९ कट्ठामा खुम्च्याएका थिए । नगरपञ्चायतदेखि महानगरपालिका भइसकेपछि पनि सो अतिक्रमण हटाउन पटक–पटक प्रयास गरिए पनि पूर्ण सफलता हात लागेको छैन ।

महानगरले यसअघि शुरू गरेको अभियानमार्फत एक बिघा जग्गा अतिक्रमणमुक्त गरेको दाबी गर्दै आएको छ । पार्कको पूर्वपट्टिका संरचनाहरू खाली गराएर एक बिघा जग्गा अतिक्रमणमुक्त गराएको नगरप्रमुख राजेशमान सिंहले बताएका छन् । उनले अदालतको आदेश अनुसार पूर्वतर्फको संरचना हटाउने कार्य रोकिएको बताए ।

यसैबीच, आजदेखि तीनवटा डोजर लगाएर पश्चिमतर्फका सातवटा संरचना हटाइएको भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजक वडाध्यक्ष प्रदीप चौरसियाले बताए । उनले पूर्वतर्फका स्थानीयले अदालतबाट अन्तरिम आदेश जारी गराएकाले त्यसतर्फ अभियान रोकिएको तर आजदेखि कानूनी परामर्श लिएर पश्चिमतर्फको अतिक्रमित क्षेत्र खाली गराउन थालिएको बताए । उनले एकै दिन सातवटा संरचना खाली गराइएको र यसले निरन्तरता पाउने बताए ।

नगरप्रमुख सिंहले माईराम पोखरीको अतिक्रमित क्षेत्र पूर्णरूपमा खाली गराउने दाबी गर्दै आएका छन् । उनले अनुकूल अवस्था सिर्जना हुने बित्तिकै अतिक्रमित क्षेत्र खाली गराउने बताए । नगरप्रमुख सिंहले महानगरभित्रका थुप्रै ठाउँमा अतिक्रमित क्षेत्रहरू खाली गराउने कार्य गरेका छन् । 

चिल्डे«न पार्कको अतिक्रमित क्षेत्र हटाउने कार्य शुरू भएपछि त्यहाँ हुने प्रातःभ्रमण विगत छ महीनादेखि प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here