प्रस, वीरगंज, ७ असार/

वीरगंजमा तेस्रोलिङ्गी यौनकर्मीहरूको आतङ्क कम हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय, पर्साले यसअघि चलाएको महिला यौनकर्मीविरुद्धको अभियानबाट महिला यौनकर्मीहरूको सङ्ख्यामा कमी आएको तर यो अवधिमा प्रहरीले तेस्रोलिङ्गी यौनकर्मीहरूलाई भने सुधार गर्न नसकेको यो क्षेत्रमा कार्यरत संस्थाहरूले जानकारी गराएका छन् ।

प्रहरीले विभिन्न चरणमा होटल, लज र घरहरूमा छापा मारी रकम लिएर यौन व्यवसायमा लागेका महिला यौनकर्मीहरूलाई निरुत्साहित गरेको थियो । पर्सा जिल्लामा तीन सयभन्दा बढी महिला यौनकर्मी कार्यरत रहेका यससम्बन्धी कार्यमा संलग्न संस्थाहरूले जानकारी गराएका छन् ।

अहिले होटल, लज र घरमा महिला यौनकर्मीहरूको सङ्ख्या पातलिएको छ । प्रहरीले विभिन्न चरणमा यो कार्यविरुद्ध अभियान चालेको कारण महिला यौनकर्मीहरूको सङ्ख्यामा कमी आएको हो तर महानगरका विभिन्न स्थानमा खासगरी बाइपास, इनरबाइपास, पावरहाउस, विपी उद्यान क्षेत्र, ड्राइपोर्टचोक आदिमा भने तेस्रोलिङ्गी यौनकर्मीहरूको व्यवसायलाई प्रहरीले नियन्त्रण गर्न सकेको छैन ।

यी क्ष्Fेत्रमा तेस्रोलिङ्गी यौनकर्मीहरूका कारण स्थानीयहरूलाई समस्या भएको छ । उनीहरूले खुलेआम यौन कार्यको लागि आग्रह गर्ने र ग्राहकहरूसँग जोरजबरजस्ती गरेर पैसा ठग्ने कार्य गर्दै आएका छन् ।

प्रहरीमा उनीहरूविरुद्ध नियमितरूपमा उजूरी परे पनि यस सवालमा प्रहरीले गम्भीरतापूर्वक लिन सकेको छैन । जसले गर्दा तेस्रोलिङ्गी यौनकर्मीहरूको आतङ्क बढेको सरोकारवालाहरूले गुनासो गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here