काठमाडौं, ३२ जेठ/रासस

एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कप अन्तर्गत बिहीवार हुने भनिएको नेपाल र भारत ‘ए’बीचको खेल वर्षाका कारण रद्द भएको छ। 

हड्ढड्ढो मड्ढङ क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि खेलमा टस नै हुन सकेन। यो खेल रद्द भएसँगै  नेपाल र भारत ‘ए’ले समान एक/एक अङ्क बाँडेका छन्। अङ्क बाँडेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना अझै जीवित नै छ।

थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गरेको हो। प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ। नेपालको समूहमा हड्ढङ, भारत र पाकिस्तान छन्। त्यस्तै, समूह ‘बी’मा मलेशिया, युएई, बङ्गलादेश र श्रीलङ्का छन्।

नेपालले दुर्ई खेलपछि एक अङ्क जोडेको छ। यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग नौ रनले पराजित भएको थियो। नेपालले समूहको अन्तिम खेल आगामी असार २ गते हड्ढङसँग खेल्नेछ। समूहका शीर्ष दुर्ई टोली सेमिफाइनलमा स्थान बनाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here