प्रस, परवानीपुर, ३१ जेठ/

बारा, परवानीपुर गाउँपालिका–५ बहुअरीस्थित एलएस न्युरो हस्पिटल अगाडि दुर्घटनामा परी बारा, देवताल गापा–४ पिप्राढी बस्ने २७ वर्षीय राकेश यादव गम्भीर घाइते भएका छन्।

ना.४०प ४३१० नम्बरको मोटरसाइकलमा सवार यादव वीरगंजबाट कलैया गइरहेका बेला विपरीत दिशाबाट आएको प्र.२–०३–००१ च ५०२९ नम्बरको बोलेरोले उनलाई ठक्कर दिंदा दुर्घटना भएको थियो। अपराह्न ३ः५० बजे भएको दुर्घटनामा परी यादवको टाउको र खुट्टामा गम्भीर चोट लागेपछि उपचारको लागि एलएस न्युरो हस्पिटलमा भर्ना गरिएको छ। ठक्कर दिने बोलेरो र चालक वीरगंज–१५ बस्ने २३ वर्षीय रूपेश महतोलाई प्रहरीले पक्राउ गरेको इप्रका, नौतनका प्रनि विनोद बोहराले बताए।

यसैगरी रक्सौलदेखि पूर्व नकरदेहीचोकमा सवारी दुर्घटना हुँदा एकजना युवक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा बारा, कलैया उपमहानगरपालिका–१ पिप्राढीका मनोहर गिरी रहेका छन्।

उनको रक्सौलस्थित एसआरपिओ अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ। राति ८ बजे नम्बर नखुलेको बसले ठक्कर दिएको थियो। ठक्कर दिने गाडीको खोजी भइरहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here