प्रस, वीरगंज, २८ जेठ/

वीरगंज महानगरपालिका–६ को मुख्य नाला सफाइ गर्ने क्रममा आइतवार बिहान १०२ थान गोली बरामद भएको छ ।

महानगरपालिकाका कर्मचारीहरूले एक्साभेटरद्वारा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा १०२ थान गोली भेटिएको सरसफाइ शाखा प्रमुख सर्फुद्दीन मियाँँले बताए । वडाध्यक्ष जयप्रकाश साहले नाला सफाइको क्रममा एउटा एक्साभेटर फसेको र अर्काे एक्साभेटर मगाएर फसेको एक्साभेटर निकाल्ने क्रममा प्लास्टिकको झोला भेटिएको र सोबाट १०२ थान गोली बरामद भएको बताए । उनले घटनास्थलबाट बरामद गोली जनयुद्धकालीन, मधेस आन्दोलनताका वा व्यक्तिविशेषले घरमा राखेको र समातिने भयले नालामा फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक कोमल शाहले नाला सफाइ गर्ने क्रममा एसएलआरको ४ राउन्ड, ९ एमएमको ३२ राउन्ड, ३८ बोरको २४ राउन्ड, फेडरलको ८ राउन्ड, विन्चेस्टरको पाँच राउन्ड, सात एमएमको तीन राउन्ड, बिग्रेको खोका चार राउन्ड गरी १०२ थान गोली भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । यीसहित अन्य विभिन्न बन्दूकमा प्रयोग हुने कुल १०२ राउन्ड गोली फेला परेको उनले बताए । भेटिएको गोलीमध्ये चारवटा गोली बिग्रेको उनले बताए ।

गोलीबारे अनुसन्धान भइरहेको प्रउ शाहले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here