प्रस, वीरगंज, २८ जेठ/

ब्लड डोनर्स एसोसिएशन, पर्साको आइतवार सम्पन्न बैठकले जेठ ३१ गते विश्व रक्तदाता दिवस मनाउने निर्णय गरेको छ ।

एसोसिएशनका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा बसेको बैठकले जेठ ३१ गते जून १४ तारिख विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।

दिवसको अवसरमा २०७९ वैशाखदेखि चैतसम्म सय पिन्टभन्दा बढी रक्तदान गर्ने सङ्घसंस्था, सो वर्ष दुईपटक वा सोभन्दा बढी रक्तदान कार्यक्रम गर्ने सङ्घसंस्था, वर्षमा चारपटक रक्तदान गर्ने व्यक्ति, आकस्मिक रक्तदाता, आकस्मिक दुर्लभ रक्तदाता, रक्तदान कार्यक्रमका सहयोगीहरूलाई सम्मान गरिने निर्णय भएको सचिव अरविन्द सिंहले बताए ।

यसैगरी बैठकले नवौं वार्षिक साधारणसभा साउन १३ गते शनिवार गर्ने निर्णय गरेको उनले बताए । बैठकमा रोशनी श्रेष्ठ, नीरज साह, मनोज साह, शिवजी गुप्ता, निशान्त लामिछाने, रामबाबू सिंह, धीरेन्द्र थापालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here