प्रस, वीरगंज, २७ जेठ/
मधेसी जनताको आन्दोलन अझै जारी रहेको जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बताएका छन् ।
वीरगंजमा शनिवार पार्टीको कार्यक्रममा बोल्दै उनले आउँदो दिनको आन्दोलन अब तीनै ठाउँबाट गरिने बताए । उनले नागरिकता नभएका व्यक्तिको पीडा के हुन्छ यो सत्ता पक्षका व्यक्तिलाई थाहा नहुने बताए । उनले सातवटै प्रदेशमा सबैभन्दा पिछडिएको मदेस प्रदेश रहेको र शुरूको मधेस आन्दोलन २२ जिल्लालाई मधेस बनाएर गरिएको तर आठ जिल्लामा सीमित पारिएको भन्दै अबको आन्दोलनले पुरानो हिसाबकिताब पूरा गर्ने बताए ।
मधेसी समुदायको अधिकारको सम्मानपूर्वक प्राप्तिका लागि अबको आन्दोलन हुने र त्यसका लागि तयार बस्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।