मस्को, १४ जेठ/सिन्हवा

युक्रेनी सशस्त्र सेनाले रूसको बेल्गोरोड क्षेत्रको शेबेकिनो जिल्लामा गरेको गोलाबारीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीनजना घाइते भएका छन्।

यस क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिवार दिएको जानकारी अनुसार एक व्यक्तिको मृत्यु भएको छ, उनी शहरको एक अपरेटिङ इन्टरप्राइजमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बुझिएको छ।

घाइते हुनेमा दुई किशोर र एकजना वयस्क रहेको पनि गभर्नरले बताएका छन्। दुई ठूला उद्योगका परिसरमा कैयौं गोला खसेको र आगलागी भएको थियो । आपत्कालीन सेवाहरूले क्षेत्रको निरीक्षण गरिरहेको छ, गभर्नरले भने।

युक्रेनको खार्काेभ क्षेत्रको छेउमा अवस्थित बेल्गोरोड क्षेत्र हालै युद्धको केन्द्र बनेको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here