ओमप्रकाश चौधरी, सेढवा, १३ जेठ/

पर्साको ग्रामीण किसानहरू वर्षेबाली धान छर्न खेत तयार गर्ने तथा अन्य कृषिजन्य सामग्रीको जोहोमा लागेका छन् ।

लामो समयदेखि पानी नपरेका कारण जमीन सुख्खा भएकोले किसानहरूले ब्याडमा सिचाइ गर्न थालेका छन् । धानबालीको बीउ उम्रिनका लागि जमीनमा आवश्यक मात्रामा पानी नहुँदा ब्याडमा पानी पटाउन लागेका जीराभवानी गाउपालिका–१ का किसान सत्यदेव चौधरीले बताए । अहिले ब्याडमा सिचाइ गर्न नसके समयमा बीउ छर्न नसकिने र धानबाली रोप्न ढिलो हुने उनले बताए । यसका साथै ब्याड बनाउन छनोट गरिएका जग्गामा रहेका झारपात तथा अन्य बेकार वस्तु छानेर फाल्न थालेको पनि उनले बताए ।

अहिले किसानहरू भदई, मंसुली, सोना मंसुली, सोना सारो, मनी मंसुली, हर्दीनाथ तथा हाई ब्रीड प्रजातिका धानबालीका बीउको ब्याडमा सिंचाइ गर्न थालेका छन् । बीउ जेठ १७ गतेदेखि छरिन्छ । सो बीउ २० दिनपछि रोपाइँका लागि तयार हुने र असार १० गतेदेखि रोपाइँ शुरू हुने किसानहरूले बताए ।

सीमावर्ती किसानहरू विभिन्न जातका धानका बीउ खरीद गर्न बजार धाउन थालेका छन् । नेपाली बजारमा बीउ महँगो भन्दै सीमावर्ती भारतीय बजारमा किसानहरू धाइरहेका छन् । सिक्टा, मैनाटाड, इनरवा, भंगहा, जमुनीयालगायत भारतीय बजारमा बीउ खरीद गर्न जाने क्रम बढेको छ । यस क्षेत्रका केही गापाले किसानका लागि हर्दीनाथ र हाइब्रीड जातको बीउ पचास प्रतिशत अनुदानमा उपल्बध गराउँदै आएका छन् ।

खेतको तयारी तथा कुलोको सफाइ

रोपाइँको मौसम नजीकिंदै जाँदा अहिले किसानहरू खनजोतमा लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here