प्रस, पोखरिया, १२ जेठ/
कालिकामाई गाउँपालिकाबाट १० किलो चरेससहित एकजना पक्राउ परेको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ ।
प्रहरी चौकी आसवारी र इलाका प्रहरी कार्यालय, पोखरियाले १० किलो चरेससहित कालिकामाई–१ मुडली टोल बस्ने २१ वर्षीय अनिल पासवानलाई पक्राउ गरेको प्रहरी निरीक्षक मोहन विक्रम केसीले बताए ।
बिआर २२ एटी ८४९८ भारतीय नम्बरको मोटरसाइकलमा चरेस ढुवानी भइरहेको सूचनाको आधारमा प्रहरीले पासवानलाई नहर सडकखण्डबाट पक्राउ गरेको प्रनि केसीले बताए ।
उनको झोलाबाट पाँच सय ग्रामका २० पाकेट प्लास्टिकमा बेरिएको १० किलो चरेस बरामद भएपछि पासवानलाई इप्रका, पोखरियामा राखिएको छ ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय, बाराले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
विश्रामपुर गाउँँपालिका–३ मुसहर्वा टोलस्थित सडकखण्डमा प्रहरी चौकी मुसहर्वाले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल पैदल आइरहेका भरतपुर महानगरपालिका–१२ गोद्राङ बस्ने २३ वर्षीय तामाङलाई लागूऔषधसहित पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ ।
उनले खल्तीमा लुकाएको नाइट्रोभ्याट–१० ट्याबलेट ५६९ थान बरामद भएको र लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको जिप्रका, बाराले जनाएको छ ।