प्रस, वीरगंज, ६ जेठ/
पर्सा र बारामा एकै दिन २५८ जनाले रक्तदान गरेका छन् । पर्साको तीन ठाउँ र बारा, कलैयाको एक ठाउँमा गरी चार ठाउँमा छजना महिलासहित २५८ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका इन्चार्ज सौरभराज पाण्डेले जानकारी गराए ।
इलाका प्रहरी कार्यालय, छपकैयाले आयोजना गरेको रक्तदानमा एकजना महिलासहित १०० जना, बगही युवा क्लबले आयोजना गरेको रक्तदानमा तीनजना महिलासहित ७५ जना, महालक्ष्मी विकास बैंक, कलैयाले आयोजना गरेको रक्तदानमा एकजना महिलासहित ४४ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले आयोजना गरेको रक्तदानमा एकजना महिलासहित ३९ जना गरी २५८ जनाले रक्तदान गरेको उनले बताए ।
‘सडक सुरक्षा सप्ताह २०८०’ कार्यक्रमको छैटौं दिन शनिवार जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा कोपिला श्रेष्ठ, मनमोहनकुमार यादव, किरण चौधरी, ध्रुव चौधरी, गोविन्द हिमाल, राम महतो, सद्दाम हुसेन, प्रेमलाल साह, आशिषकुमार साह, कृष्ण वर्णवाललगायतले रक्तदान गरेका दिलीपराज कार्कीले जानकारी दिए ।
वीरगंज महानगरपालिका–२८ बगहीमा भएको रक्तदान कार्यक्रममा सचिता देवी, सविता देवी, भूमि कुर्मी, राजकुमार राउत, राकेश राउत, विक्रमकुमार पटेल, सुरेन्द्रकुमार पटेल, विक्रम सहनी, अच्छेलाल ठाकुर, नन्दु साह, धर्मेन्द्रप्रसाद यादव, मुकेशकुमार महतो, रूदल यादव, घनश्याम पटेल, सुनीलकुमार साह, कुशलराज महतो, केदार पटेल, प्रदीप साह, अजितकुमारलगायतले रक्तदान गरेका थिए ।
यसैगरी, इलाका प्रहरी कार्यालय, छपकैयाको आयोजनमा सम्पन्न रक्तदान कार्यक्रममा सन्दीप यादव, गणेश ठाकुर, सुमन पटेल, मनोज साह, दिनेश साह, जुबेर आलम, अजय गुप्तालगायतले रक्तदान गरेका थिए ।