प्रस, वीरगंज, ६ जेठ/

वीरगंज महानगरपालिकामा बौलाहा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । शनिवार एक दिनमा २० जनाभन्दा बढी मानिसलाई कुकुरले टोकेपछि उपचारको लागि नारायणी अस्पतालमा आएका थिए ।

वीरगंज महानगरपालिकामा भुस्याहा कुकुरको बन्ध्याकरण गरे पनि कुकुरको सङ्ख्या वृद्धि भइरहेको छ ।

दैनिकरूपमा पाँच/छ जनाको सङ्ख्यामा कुकुरले टोकेका पीडित आउने गरे पनि आज एक्कासि २० जनाभन्दा बढी कुकुरले टोकेका पीडित आएका छन् । वीरगंज वडा नं ३ की ६० वर्षीया देवकुमारी यादव कुकुरको टोकाइले गम्भीर घाइते भएकी छन् । आज वीरगंज वडा नं १, २, ३, ४, ७, १०, १२ बाट कुकुरले टोकेका पीडितहरू आएका छन् ।

उनीहरूलाई औषधोपचार गरेर घर पठाइएको छ भने वडा नं ३ की देवकुमारी यादवको हातमा कुकुरले टोकेर गम्भीर घाइते बनाएपछि प्राथमिक उपचार गरी अन्य अस्पतालमा पठाइएको आकस्मिक कक्षका चिकित्सक सुशील कुमारले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here