प्रस, वीरगंज, ६ जेठ/

बारामा १३ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं ३ घटनियाका २५ वर्षीय बिशोरी बैठा रहेका छन् ।

प्रहरीका अनुसार गत कात्तिक १६ गते राति ९ः३० बजेको समयमा बैठा र उनका साथीले शौचालय गर्न घरबाहिर निस्किएकी गाउँकै १३ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । बलात्कारको घटनालगत्तै फरार रहेका बैठालाई काभ्रे जिल्लामा लुकीछिपी बसेको अवस्थामा यही जेठ ५ गते पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

काभ्रेबाट पक्राउ परेका बैठालाई जिल्ला प्रहरी कार्यालय, बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रनाउ पाण्डेले बताए । घटनामा संलग्न बैठाका साथी फरार रहेकाले खोजी भइरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here