प्रस, वीरगंज, ५ जेठ/
नागरिक उन्मुक्ति पार्टीले शुक्रवार वीरगंजमा प्रदर्शन गरेको छ ।
जिल्ला अध्यक्ष निरञ्जन चौधरीको अगुवाइमा घण्टाघरबाट निस्केको जुलूस माईस्थान पुगेर पुनः घण्टाघरमा कोणसभा गरी समापन भएको थियो ।
कोणसभाका वक्ताहरूले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संसदीय सुनुवाइ र देवी शर्माको प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्ने तथा जेलमा रहेका पार्टी अध्यक्ष्F रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग गरेको पार्टीका सहसचिव अमित गौरोले बताए । उनले भोलि जेठ ६ देखि १० गतेसम्म पार्टीले घोषणा गरेको नेपाल बन्द तत्कालको लागि स्थगन गरिएको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा तत्कालका लागि नेपाल बन्द स्थगन गरिएको बताए ।
नागरिक उन्मुक्ति पार्टीले हिजो बिहीवार पर्सा जिल्लाको पटेर्वासुगौली गापाको श्रीपुर पंचगावाँमा पनि विरोध प्रदर्शन गरेको थियो ।