प्रस, वीरगंज, ५ जेठ/

प्रतीक दैनिकका बारा विशेष संवाददाता गम्भीरा सहनी अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । जीतपुरसिमरा उपमहानगर–७ बस्ने पत्रकार सहनीलाई हिजो वीरगंजस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको उनका छोरा ऋषि सहनीले बताए ।

बुबाको एकातर्फको शरीर नचल्ने, बोल्न नसक्ने तथा अचेत अवस्थामा उनको उपचार भइरहेको छोरा सहनीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here