अतिक्रमित जग्गाको विषयलाई लिएर गर्दौल तनावग्रस्त

राधेश्याम पटेल, परवानीपुर, ३ जेठ/ विन्ध्यवासिनी गाउँपालिकाको गर्दौलमा विद्यालय र ऐलानी जग्गा अतिक्रमणमुक्त गराउन खोज्दा प्रहरी र स्थानीयवासीबीच बुधवार तनाव सिर्जना भएको छ । गापा अध्यक्ष प्रमोद तिवारीको निर्देशनमा विद्यालय र ऐलानी जग्गा खाली गराउने क्रममा गाउँलेहरूले नमान्दा तनावको अवस्था सिर्जना भएको हो । गर्दौलमा विद्यालयको जग्गा दुई बिघा १५ धुर र गापाको ऐलानी जग्गा […]

सिम्रौनगढ नपाका दुई प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

प्रस, वीरगंज, ३ जेठ/ बारा जिल्ला सिम्रौनगढ नगरपालिकाका तत्कालीन दुईजना प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता भोला दाहालले झूटा बिल, भरपाई तथा गलत प्रतिवेदन तयार गरी गैरकानूनी लाभ तथा हानि पु¥याएको सम्बन्धमा सिम्रौनगढ नपाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवाल, इन्जिनीयर […]

भ्रष्टाचारविरुद्ध जनमतको विरोध प्रदर्शन

प्रस, वीरगंज, ३ जेठ/ नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारकाण्डहरूको  निष्पक्ष छानबीनको माग गर्दै जनमत पार्टी, पर्साले बुधवार दोस्रो दिन घण्टाघरमा धर्नासहित विरोध प्रदर्शन गरेको छ । जनमत पार्टी, पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ नेतृत्वको विरोध कार्यक्रममा वक्ताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबीन हुनुपर्ने मागसहित मधेस प्रदेश सरकारबाट भएका साइकल वितरण, छोरी बीमा, पोखरी सौन्दर्यीकरणलगायतमा भएको […]

गर्मीले छात्रा बेहोश

प्रमोद यादव, पंचगावाँ, ३ जेठ/ निचुटा माध्यमिक विद्यालयमा एकजना छात्रा बेहोश भएकी छन् । पटेर्वासुगौली गाउँपालिका–५  निचुटास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रविताकुमारी रौनियार बुधवार कक्षा सञ्चालन भएकै बखत बेहोश भइन् । कक्षाकोठामा विद्यार्थीको चाप बढी भएर अत्यधिक गर्मीका कारण छात्रा बेहोश भएकी शिक्षक देवेन्द्र साहले बताए । बेहोश छात्राको निचुटा स्वास्थ्य […]

इन्डो–नेपाल–बङ्गलादेश त्रिदेशीय पत्रकार सम्मेलन

प्रस, वीरगंज, ३ जेठ/ प्रेस क्लब अफ आगरा एवं उत्तर प्रदेश जर्नलिस्ट एशोसिएशनको आयोजनामा बुधवार इन्डो–नेपाल–बङ्गलादेश त्रिदेशीय पत्रकार सम्मेलन  सम्पन्न भएको छ । उत्तर प्रदेशको आगरामा आयोजित सम्मेलनको उत्तर प्रदेशका कानूनमन्त्री एसपी सिंह, सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामा र प्रेस क्लब अफ आगराका अध्यक्ष अशोक अग्निहोत्रीले संयुक्तरूपमा उद्घाटन गरेका थिए । उत्तर प्रदेशका कानूनमन्त्री […]

वीरगंजको लागि विशेष प्याकेजको माग

प्रस, परवानीपुर, ३ जेठ/ वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंज महानगरपालिकाका लागि विशेष प्याकेजको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका छन् । बुधवार महोत्तरीको बर्दिबासमा प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक वर्षको पूर्वबजेटसम्बन्धी छलफल कार्यक्रममा उनले वीरगंज मधेस प्रदेशको एकमात्र महानगर भएकोले नयाँ नीति तथा कार्यक्रममा वीरगंज महानगरको लागि विशेष प्याकेजको व्यवस्था गर्न […]

मोचा आँधीमा परी म्यान्मामा ८१ जनाको मृत्यु

नेपिट, ३ जेठ/एएनआई म्यान्मामा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमानको बसोवासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् । राखिनको राजधानी सित्तवेको उत्तरमा अवस्थित राथेदाउङ गाउँँको मठ भत्किंदा १३ जनाले  ज्यान गुमाएका तथा सोही गाउँको छिमेकमा भवन भत्किंदा […]

चिनीभन्दा उत्तम कोकोनट सुगर

आजभोलि कोकोनट सुगर (नरियलको चिनी) प्रचलनमा बढेको छ । यसलाई कोकोनट पाम सुगर पनि भनिन्छ । थुप्रै खनिज तत्वले भरिपूर्ण यो प्राकृतिक मिठास स्वास्थ्यको लागि निकै फाइदाजनक छ । कोकोनट सुगर के हो ? नरियलको रूखमा हुने फूल र त्यसको रसबाट तयार हुने चिनीलाई कोकोनट सुगर भनिन्छ । यसलाई बनाउनको लागि नरियलको फूलको एउटा टुप्पा […]

पानीभित्र ७४ दिन बिताएर विश्व रेकर्ड

फ्लोरिडा विश्वविद्यालयका एकजना प्राध्यापकले लामो समयसम्म पानीभित्र बसेर नयाँ विश्व रेकर्ड बनाएका छन् । प्राध्यापक जोसेफ डिटुरीले फ्लोरिडा लैगुनमा करीब ३० फिट तल बसेर ७४ दिन पूरा गरे । उनी सय वर्ग फूटको क्याप्सुलमा बसेका थिए । जोसेफ डिटुरी सय दिनसम्म पानीभित्र बस्ने योजना बनाएका थिए । यसभन्दा पहिले सन् २०१४ मा दुई अन्य प्राध्यापकले […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।