पथरचट्टा (ब्रायोफिलम)लाई एयर–प्लान्ट, लाइफ–प्लान्ट, कैथेड्रल बेल्स र मैजिक लिफ पनि भनिन्छ र यो निकै उपयोगी हुन्छ । यसको वैज्ञानिक नाम कलानचो पिन्नाटा प्लान्ट हो । मिर्गौला र पिसाबसम्बन्धी रोगमा यसको पात प्रयोग गरिन्छ । साथै यसले पेटमा जम्मा भएको विषालु तत्व बाहिर निकाल्छ । आयुर्वेद अनुसार यसलाई एउटा स्वास्थ्य बीमा बिरुवा भन्न सकिन्छ किनभने यसले रोगमा खर्च हुने पैसा बचाउँछ ।

आयुर्वेदमा पथरचट्टा मिर्गौला समस्यामा प्रयोग गर्न भनिएको छ । यसले पथरीलाई चाँडै निकाल्नुको साथै पिसाबमा हुने जलन, रोकी–रोकी हुने पिसाब आदि समस्या हटाउँछ । सुन्निएको समस्या छ भने यसले रामबाणसरह काम गर्छ । चार–पाँचवटा पात पिसेर पेस्ट बनाई सुन्निएको ठाउँमा लेप लगाउँदा दुःखाइ, चिलाउने र सुन्निएको समस्या समाधान गर्छ ।

पथरी खुनी दस्त रोक्न यसले निकै फाइदा पुर्याउँछ । यदि पेटको समस्या वा खुनी दस्त छ भने यसको पातको रसमा एक चिम्टी जीरा र आधा चम्चा शुद्ध घ्यू मिसाएर दिनमा दुईपटक सेवन गर्नुपर्छ ।

योनी सङ्क्रमण, चिलाउने, सुन्निएको र योनी स्रावमा यसको पातलाई पानीमा उमालेर काढा बनाएर महसँग नियमित सेवन गर्दा लाभ पुग्छ । उच्च रक्तचाप नियन्त्रणमा पथरचट्टाको पातलाई अर्क बनाएर सेवन गर्नुपर्छ । पथरचट्टाको रस निकालेर नियमित पानीमा ५–५ थोपा मिसाएर खाली पेट सेवन गर्दा पेटमा निकै फाइदा पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here