खगोलविद्हरूको एउटा अन्तर्राष्ट्रिय टीमले शनि ग्रहको परिक्रमा गर्ने ६२ वटा नयाँ चन्द्रमा खोजेका छन्, जसले गर्दा यस ग्रहको चन्द्रको कुल सङ्ख्या १४५ पुगेको छ । सौर्य मण्डलमा चन्द्रमाको सङ्ख्याको दौडमा शनि एकपटक पुनः वृहस्पति ग्रहलाई पछाडि पारेर पहिलो स्थानमा पुगेको छ ।

ब्रिटिश कोलम्बिया विश्वविद्यालय (युबिसी)का शोधकर्ताले भनेका छन्– नयाँ खोजको मतलब हो कि शनिले ९५ वटा मान्यताप्राप्त चन्द्रमा भएको वृहस्पतिलाई पछाडि पारेको छ ।

गार्जियनको रिपोर्टमा युबिसीका खगोलशास्त्री प्राध्यापक ब्रेट ग्लैडमेनले भने– शनिको चन्द्रमाको सङ्ख्या दुई गुना मात्र बढेको छैन अपितु अब सौर्य मण्डलको बाँकी सबै ग्रहको तुलनामा ऊसँग बढी चन्द्रमा छ । शनिका यी नयाँ चन्द्रमाको नाम गैलिक, नोर्स र क्यानडेली इनुइट देवताको आधारमा पछि दिइने छ ।  सबै नयाँ चन्द्रमा अनियमित चन्द्रमाको श्रेणीमा छ । नियमित चन्द्रकाको तुलनामा अनियमित चन्द्रमाको कक्ष्F ठूलो, अण्डाकार र झुकेको हुन्छ । शनिको ज्ञात अनियमित चन्द्रमाको सङ्ख्या बढेर दुई गुनाभन्दा बढी १२१ पुगेको छ । शनिको २४ वटा नियमित चन्द्रमा छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here