प्रस, रौतहट, ३० वैशाख/

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग र सरोकारवालाबीच अन्तत्र्रिmया शनिवार जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा सम्पन्न भएको छ ।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले छलफलद्वारा समस्याको समाधान खोज्ने प्रयास गर्ने बताए । वास्तविक पीडितको पहिचान गरी न्याय दिलाउन अग्रसर हुने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए । उनले आयोगले छलफलद्वारा आएका सुझावलाई प्राथमिकतामा राख्ने बताए ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जाँचबुझ आयोग गठन हुनुअगावै रौतहटमा ९२ वटा उजूरी दर्ता भएकामा आठवटा फछ्र्योट भइसकेको बताए ।

उनले आयोग गठन भएपछि हालसम्म २०९ वटा उजूरी परेका र हिजो एकै दिन १५२ वटा गरेर ३६१ वटा उजूरी दर्ता भइसकेको जानकारी गराए ।

रौतहटका १८ वटा पालिकामध्ये सबैभन्दा बढी कटहरिया नगरपालिकाबाट ३५ वटा उजूरी परेको र राजदेवी नगरपालिकाबाट एउटा पनि उजूरी नपरेको प्रजिअ मिश्रले बताए । प्रजिअ मिश्रले गरुडा नपाबाट २७, गौर नपाबाट ११ लगायत अन्य पालिका गरी ३६१ वटा उजूरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको जाँचबुझ आयोगलाई जानकारी गराएका थिए ।

उजूरीहरूमा बढी औषधोपचारको लागि रकम लिएको तथ्याङ्क रहेको बताउँदै उक्त उजूरीहरूको वास्तविकता छानबीन गर्न आयोगसमक्ष पेश गरिने उनले बताए ।

आयोगको टोलीसमक्ष राजदेवी नगरपालिकाका प्रमुख भिखारीराय यादव, माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथप्रसाद यादव, दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भुकुमार सिंह, बौधिमाई नगरपालिकाका प्रमुख प्रदीप यादव, वृन्दावन नगरपालिकाका प्रमुख विनोद कुर्मी, नेपाल बार एशोसिएशन रौतहटका अध्यक्ष नन्दकिशोर साह, रौतहट उद्योग वाणिज्य सङ्घका अध्यक्ष पण्डितप्रसाद जयसवाल, नागरिक समाजका अध्यक्ष जगन्नाथप्रसाद केशरी, पूर्वनगरप्रमुख धीरेन्द्र सिंह, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका सदस्य शैलेन्द्र झा, शाखा अध्यक्ष प्रेमचन्द्र झा, राप्रपाका सत्येन्द्र सिंहलगायतले ऐन लागू भएदेखि समाजमा नकारात्मक असर परेको बताएका थिए । उनीहरूले अहिले कुनै साहुमहाजन लगानी गर्न तयार नरहेको तथा बैंकले ऋण दिन महीनौंसम्म दौडधूप गराएर पनि ऋण नदिएकोले धेरैजसो घरायसी कार्य प्रभावित भएको बताए । उनीहरूले यो विषयलाई धेरै नलम्ब्याएर छलफलद्वारा चाँडो टुङ्गो लगाउन आग्रह गरे ।

अन्तत्र्रिmयामा उठेका जिज्ञासाहरूलाई आयोगका अध्यक्ष कार्की र सदस्यद्वय उत्तमराज सुवेदी र गणेशबाबू अर्यालले मेटाउने प्रयास गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here