प्रस, परवानीपुर, २७ वैशाख/

बाराको पचरौता नगरपालिका–९ स्थित नेरामावि, कुडवाका विद्यार्थीहरूले बुधवारदेखि विद्यालयमा विरोध प्रदर्शन शुरू गरेका छन् । माविमा विषयगत शिक्षक नहुँदा आफूहरूको पठनपाठन प्रभावित भइरहेकोले पर्याप्त शिक्षकको व्यवस्था गर्न विद्यार्थीहरूले माग गरेका छन् ।

शिक्षकको व्यवस्था नगरेसम्म विद्यालयमा तालाबन्दीसमेत गरेर विद्यार्थीहरू आन्दोलनलाई अगाडि बढाइरहेका छन् ।

विगत लामो समयदेखि पचरौताका नगरप्रमुख, वडाध्यक्षलगायत सम्बन्धित निकायलाई जानकारी गराउँदा कुनै सुनवाइ विद्यार्थीहरू बताउँछन् । उक्त विद्यालयमा छजना शिक्षक मात्रै छन् तर पढाइ भने कक्षा १० सम्म हुन्छ । त्यसमा पनि केही शिक्षकले तलबभत्ता नपाएको गुनासो गरेका छन् । पर्याप्त शिक्षक नहुँदा पठनपाठन लामो समयदेखि प्रभावित भएको विद्यार्थीहरूको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here