प्रस, परवानीपुर, २७ वैशाख/

श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगंजअगाडिको धर्ना वीरगंज–२५ श्रीसियाका स्थानीयले स्थगित गरेका छन् ।

भन्सार कार्यालय र मुआवजापीडितबीच मङ्गलवार चार बुँदे सहमति भएसँगै मुआवजा सङ्घर्ष समितिको आन्दोलन फिर्ता भएको हो । चार बुँदे सहमति अनुसार हाल सरकारले पठाएको रु ५० करोड निकासालाई प्राथमिकताको आधारमा वितरण गर्ने, बाँकी सम्पूर्ण रकम निकासाका लागि माथिल्लो निकायमा पहल गर्नेलगायतका बुँदामा सहमति भएको हो ।

मुआवजा सङ्घर्ष समितिको सुझाव अनुसार रकम वितरण गर्न जिल्ला प्रशासन कार्यालय, पर्सासँग समन्वय गर्ने र मुआवजाको बाँकी सम्पूर्ण रकम आगामी भदौ महीनाभित्र प्राप्त हुनेगरी पहल गर्ने सहमतिपश्चात् आन्दोलन स्थगित भएको हो । सम्झौतापत्रमा सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारी र मुआवजा सङ्घर्ष समितिका संयोजक वैजयन्तीमाला सहनीले हस्ताक्षर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here