नितेश कर्ण, वीरगंज, २६ वैशाख/
पटेर्वासुगौली गाउँपालिकाले लक्ष्मीपुर–रङ्गपुरको बीचमा रहेको खोलामा कजवे निर्माण गरेपछि सो आसपासका मानिसहरूलाई आवागमनमा सहजता भएको छ ।
लक्ष्मीपुर–रङ्गपुरबीचको खोलामा कजवे नहुँदा स्थानीयहरू खोला तरेर आवतजावत गर्नुपर्ने बाध्यता थियो । गापाले २१ लाख ३४ हजार र जनसहभागिताबाट दुई लाख ३९ हजार ७५० गरी रू २४ लाख ३९ हजार ७५० मा कजवे निर्माण भएको गापा कार्यालयले जनाएको छ । २०७९/१०/११ मा सम्झौता भएको र २०७९/१२/३० मा कजवे निर्माण गरिएको गापाले जनाएको छ । कजवे निर्माणसँगै आवागमन सहज भएको र करीब पाँच हजारभन्दा बढी मानिस लाभान्वित भएको गापा कार्यालयले दाबी गरेको छ ।