प्रस, वीरगंज, १७ वैशाख/

पर्सा जिल्लाका १४ वटा पालिकामध्ये अहिले पोखरियाबाहेक सबै पालिकामा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्देश गरे अनुसार सहसचिव, उपसचिव र शाखा अधिकृतहरू प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन् ।

मन्त्रालयले गत वर्षको अन्तिमतिर पालिका तहमा महानगरमा सहसचिव, उपमहानगर/नगरपालिकामा उपसचिव र पालिकाहरूमा शाखा अधिकृतको दरबन्दी कायम गरेको थियो । यसअघि पर्सा जिल्लाका अधिकांश पालिकामा अधिकृतहरूले नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गर्दै आइरहेका थिए । अहिले वीरगंज महानगरमा लक्ष्मीप्रसाद पौडेल सहसचिव, बहुदरमाई र पर्सागढी नगरपालिकामा क्रमशः शेरे मुस्तुफा, छविरमण भट्टराई (उपसचिव) र पालिकाहरूमा छिपहरमाई, धोबिनी, विन्ध्यवासिनी, जगरनाथपुर, पटेर्वासुगौली, ठोरी, जीराभवानी, कालिकामाई, सखुवाप्रसौनी र पकाहामैनपुरमा क्रमशः राकेश ओझा, नवाज हुसेन, राजु साह, कृष्णनन्दन राय, सन्देश यादव, कृष्णलाल श्रेष्ठ, जयचन्द्र साह, अमित गिरी, देवनाथ साह र राजु कुशवाहा (शाखा अधिकृत) प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत छन् ।

पोखरिया नपामा मात्र अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृतको टुङ्गो लागिसकेको छैन । नगरप्रमुख प्रद्युम्न चौहानले आजभोलिमा प्रमुख प्रशासकीय अधिकृतको टुङ्गो लाग्ने बताए । उनले आफू अहिले सोही विषयलाई लिएर काठमाडौं पुगेको र एक/दुई दिनमा टुङ्गो लाग्ने बताए । उनले मन्त्रालयले जिम्मेवारी तोकेर पठाउनुपर्नेमा विभिन्न कारणवश ढिला भएको तर अब चाँडै टुङ्गो लाग्ने बताए ।

पोखरिया नपामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीहरूले तलबसमेत पाएका छैनन् । सामाजिक सुरक्ष्Fा भत्ता पनि अहिलेसम्म वितरण भएको छैन । यसैगरी, शैक्षिक क्ष्Fेत्रको काम पनि प्रभावित भएको छ । विकास निर्माणका काम ठप्प छन् । भुक्तानी नपाएकाले ठेकेदारहरूले काम अगाडि बढाएका छैनन् ।

वैशाख आधा बितिसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा यस वर्षको बजेट फ्रिज हुने आशङ्का बढ्दैछ । भुक्तानी अभावले तोकिएको समयमा कार्य सम्पन्न नहुने र रकम फ्रिज हुने सम्भावना बढेको जानकारहरू बताउँछन् । पोखरिया नपामा स्थानीय तह गठन भएदेखि छ वर्षको अवधिमा १२ जनाभन्दा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन् । जनप्रतिनिधि र मन्त्रालयबीच समन्वय नहुँदा पोखरियामा प्रमुख प्रशासकीय अधिकृतहरू नटिकेका हुन् ।

पछिल्लो समय फागुन १० गते मन्त्रालयले उपसचिव धर्मानन्द जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको थियो । तर पोखरिया नपाका जनप्रतिनिधिहरूले उनलाई कार्य गर्न अवरोध गरेपछि उनी डेढ महीनामैं मन्त्रालय फिर्ता भए । उनी अघि स्वास्थ्य विभागका अजय श्रीवास्तव निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका थिए । अहिले पनि उनी पोखरिया नपामैं छन् तर अधिकृतको रूपमा मात्र कार्य गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here