प्रस, सेढवा, १५ वैशाख/

प्रदेशसभा सदस्य शङ्करप्रसाद चौधरीले आम नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षा प्रदान गर्न आफू सदैव अग्रसर रहेको बताएका छन् । शुक्रवार जीराभवानी गाउँपालिका–२ सेढवास्थित जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्दै उनले सर्वसाधारणको आधारभूत आवश्यकता अन्तर्गत स्वास्थ्य र गुणस्तरीय शिक्षाका लागि आफूले सक्दो काम गर्ने बताए ।

गापा अध्यक्ष अनोज चौधरीले प्रयोगशाला सञ्चालनमा आएपछि स्वास्थ्य उपचारको लागि यस क्षेत्रका बासिन्दा अन्यत्र जानु नपर्ने बताए । उनले गापावासीले आफ्नै गाउँमा सस्तो र सुलभ स्वास्थ्य उपचार पाउने बताए ।

कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्ष रामशरण खवास, महादेव महतो थारू,  सुरज राय, राजेश्वर महतो, दारासिंहराउत थारू, नेपाली काङ्ग्रेस जीराभवानीका सभापति मनमोहन चौधरी, समाजसेवी ब्रह्मानन्द चौधरी, स्वास्थ्य शाखा प्रमुख अजय दासलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here