प्रस, वीरगंज, १३ वैशाख/

ठाकुर राम बहुमुखी क्याम्पसका विभिन्न शाखामा बुधवार त्रिवि कर्मचारी सङ्घ ठाराब क्याम्पस एकाइले तालाबन्दी गरेको छ।

स्ववियु निर्वाचनको विवादका कारण विद्यार्थीहरूले पटक–पटक क्याम्पसमा तालाबन्दी गर्दा शैक्षिक तथा प्रशासनिक कार्य प्रभावित भएको र तलबभत्ता पनि नपाएको विरोधमा त्रिवि कर्मचारी सङ्घ ठाराब क्याम्पस एकाइ समितिका अध्यक्ष किशोरीप्रसाद चौधरीको नेतृत्वमा कर्मचारीहरूले बुधवार क्याम्पसमा तालाबन्दी गरेका हुन्।

विवाद समाधानतर्फ क्याम्पस प्रशासनले ध्यान नदिएपछि आज अध्यक्ष चौधरीको नेतृत्वमा कर्मचारीहरूले सहायक क्याम्पस प्रमुख शाखा, सूचना प्रविधि शाखा, सामान्य प्रशासन तथा स्टोर शाखा, कर्मचारी प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, स्नातकोत्तर कार्यालय, विद्यार्थी कल्याण तथा खेलकूद शाखा, पुस्तकालय प्रशासन भवन, पिजी विभागमा तालाबन्दी गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here