वीरगंज महानगरपालिका–१ मा सात दिने व्यावसायिक साबुन बनाउने तालीम सम्पन्न भएको छ।
गरीबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोग र वीरगंज महानगरपालिकाको आयोजनामा सम्पन्न तालीममा २६ जनाको सहभागिता थियो।
कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख इम्तियाज आलमले सिकेको सीपलाई सदुपयोग गरेर आत्मनिर्भर बन्न आग्रह गरे। उनले साबुन बनाउने तालीमबाट व्यवसाय गरेर जीविकोपार्जन गर्न सकिने बताए। तालीममा सहभागीहरूलाई उपप्रमुख आलमले प्रमाणपत्र वितरण गरेका थिए।
वडासदस्य राधिका देवीको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक विकास महाशाखाका प्रमुख प्रतिज्ञा वैध, वडासदस्य रम्भावती देवी, कर अधिकृत विपना बख्रेल, आशिषकुमार यादव, उद्यम विकास सहजकर्ता गुजिला भण्डारीलगायतको सहभागिता थियो।