प्रस, पोखरिया, १३ वैशाख/

ठोरी गाउँपालिका स्वास्थ्य कार्यालयको आयोजनामा वैशाख १३ र १४ गते दुई दिन समुदायस्तरमा पोषिलो खाना बनाउने र खुवाउने कार्य शुरू भएको छ।

‘हरेक बार–खाना चार’ नाराका साथ बुधवारदेखि शुरू भएको दुई दिने पोषिलो आहार बनाउने तथा खुवाउने कार्यक्रम अन्तर्गत आज ठोरी गापा–३ ढुङ्गेबजार र बुद्धनगरमा ओडार स्वास्थ्य चौकीले खाना बनाएर समुदायका मानिसहरूलाई खुवाएको थियो। स्वास्थ्य चौकीका फजिल अहमद, स्वस्तिका श्रेष्ठले गेडागुडी, साग, अन्डा, खीर बनाएका थिए र दुवै स्थानमा गरी समुदायका ५० जना मानिसलाई खुवाएका थिए। उनीहरूले गेडागुडी भिजाउने, केलाउने, साग केलाउने, धुने, अन्डा सफा गर्ने, उसिन्ने र खीर पकाउने तरीका सिकाउनुका साथै सो परिकारहरू कसरी खाने भन्नेबारे पनि समुदायस्तरमा जानकारी गराएका थिए।

स्वास्थ्य शाखा प्रमुख रमेश सिंहले ठोरी गापाका पाँचवटै वडामा आज र भोलि दुई दिन समुदायस्तरमा लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिने जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here