प्रस, रौतहट, १२ वैशाख/

भौतिक पूर्वाधार सिंचाइ विकास मन्त्रालयको आर्थिक सहयोगमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन, गौरको सहयोगमा निर्माण भइरहेको ग्यावियन स्पर निर्माण कार्य एक साताभित्र सम्पन्न गर्न जलस्रोत तथा सिंचाइ विकास डिभिजन, गौरका प्रमुख सुमनकुमार झाले निर्देशन दिएका छन् ।

गौर नगरपालिका–६ सबगढाका लालबकैया नदीको ग्यावियन स्पर निर्माण कार्यको मङ्गलवार स्थलगत निरीक्षण गर्दै जलस्रोत तथा सिंचाइ विकास डिभिजन, गौरका प्रमुख झाले उपभोक्ता समितिलाई सो निर्देशन दिएका हुन् । उनले कमीकमजोरी सुधार गर्न र एक साताभित्र कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए ।

गत वर्षको बाढीले लालबकैयाको तटबन्ध सबगढानजीक भत्केकोले निर्माण कार्य सम्पन्न नहुँदा थप क्षति हुने सम्भावना रहेकोले सो क्षति रोकथामका लागि ग्यावियन स्पर निर्माण भइरहेकोमा स्थानीयले खुशी व्यक्त गरेका छन् । वर्षाअगाडि निर्माण कार्य शुरू गरेर वर्षा अगाडि नै कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोले यस वर्ष बाढीले बढी क्षति पार्न नसक्ने स्थानीयको विश्वास छ ।

भौतिक पूर्वाधार सिंचाइ विकास मन्त्रालयबाट रु ४८ लाख १५ हजार ७८६ र जनश्रमदान रु दुई लाख ४४ हजार ४५३ गरी कुल रु ५० लाख ६० हजार २३९ लागतमा ग्यावियन स्परको निर्माण कार्य २०७९ माघ २२ गते शुरू भएको र २०८० वैशाख १५ गतेभित्रमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here