प्रस, रौतहट, १२ वैशाख/

जिल्ला प्रहरी कार्यालय, रौतहटले अपहरणकाण्डमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।

वैशाख १० गते बिहान ५ गते सर्लाहीको बलरा नगरपालिका–३, सीमाबाट रौतहट जिल्ला माधवनारायण नगरपालिका–६ माधवपुर बस्ने २३ वर्षीय मन्त्रीबाबू राय र राजदेवी नगरपालिका मोहनपुर बस्ने २१ वर्षीय राजाबाबू पटेललाई पक्राउ गरिएको जिप्रका, रौतहटले जनाएको छ ।

दुईजनासहित ८/९ जनाको टोलीले वैशाख ९ गते सर्लाहीको बलराबाट रौतहटको परोहा नपा–३ तेजापाकर निवासी ३० वर्षीय हीरामन महतोको अपहरण गरेको थियो ।

माधवनारायण नपाका मन्त्रीबाबूको योजनामा महतोलाई बलरा बोलाइएको र त्यहाँबाट अपहरण गरिएको प्रहरीले दाबी गरेको छ । सूचनाको आधारमा प्रहरीले घटनाको भोलिपल्ट सर्लाहीको  बलराबाट दुईजनालाई पक्राउ गरेको र बाँकी भाग्न सफल भएको जिप्रका, रौतहटका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले बताए ।

पक्राउ परेकाविरुद्ध अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने अभियोगमा मुद्दा चलाइएको उनले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here