प्रस, वीरगंज, ५ वैशाख/

प्रदेश सरकारको लगानीमा भिस्वा डाँडामा निर्माण हुन लागेको भवनको शिलान्यास निवर्तमान मुख्यमन्त्री लालबाबू राउत गद्दीले गरेका छन् ।

भिस्वा बौद्ध सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत प्रदेश सरकारले रु ६८ लाखमा प्रदीप एन्ड दिलीप कन्स्ट्रक्सनले ठेक्का सकार गरेको छ । असार महीनासम्ममा सो कार्य सम्पन्न गर्ने योजना अनुसार आज शिलान्यास भएको हो । संस्थाका अध्यक्ष डा दीपक शाक्यको सभापतित्वमा भएको कार्यक्रममा वीरगंजका प्रमुख राजेशमान सिंह, पूर्वाधार कार्यलयका प्रतिनिधिहरूको सहभागिता थियो । सौन्दर्यीकरण कार्यक्रमको लागि प्रदेश सरकारले रु २४ करोड बजेट छुट्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here