साधारणतया कसरत गर्ने सही समय बिहान हो । अलग–अलग समयमा कसरत गर्नेहरूको जिन्दगी कति अलग हुन्छ, यसबारे नयाँ अध्ययन गरिएको छ । नेचर कम्युनिकेशनमा प्रकाशित अध्ययन अनुसार दिउँसो कसरत गर्ने मानिस, बिहान वा साँझ कसरत गर्नेको तुलनामा लामो जीवन बाँच्न सक्छन् ।
अध्ययनमा बिहान ११ देखि साँझ ५ बजेसम्मको समय, साँझ ५ देखि मध्यरात्रि र बिहान ५ देखि ११ बजेसम्म मानिएको छ । यसका साथै यस कुरामा पनि जोड दिइएको छ कि दिनको कुनै पनि समय मध्यमदेखि तीव्र गतिविधि नगर्नु राम्रो हो । अध्ययनमा युकेका ९२ हजार मानिसलाई सामेल गराइएको थियो र उनीहरूको आँकडाको आकलन एउटा बायोमेडिकल डेटाबेसको आधारमा गरिएको थियो ।
प्रतिभागीलाई एक्सिलिरोमिटर दिइएको थियो, यसले मापन गरिन्थ्यो कि सात दिनको समयमा उनीहरू कहिले र कति तीव्र वर्कआउट गर्दथे । त्यसपछि शोधकर्ताले कैयौं वर्षपछि मृत्युदरको आँकडाको अध्ययन गर्दा करीब तीन प्रतिशत प्रतिभागी यस दुनियाँमा थिएनन् । जुन प्रतिभागीको मृत्यु भएको थियो, तीमध्ये एक हजार मुटुको रोगबाट र करीब १८ सय क्यान्सरबाट पीडित थिए ।
अध्ययन अनुसार बिहान र साँझको तुलनामा दिउँसो शारीरिक मेहनत गर्नेहरूमा मृत्युको जोखिम कम रह्यो । यस्तै, केही त्यस्ता व्यक्तिको साथ पनि सही थियो, जसको मिश्रित कसरतको समय थियो वा उनीहरूले नियमितरूपमा आफ्नो वर्कआउटको समयसारिणीमा बदलाव गरेका थिए ।
पाश्चात्य देशको यो अध्ययन नेपाल र भारतको मौसममुताबिक कति सही छ, यसमाथि इन्डियन एक्सप्रेसको रिपोर्टमा सर एचएन रिलायन्स फाउन्डेशन हस्पिटलमा रिहैब्लिटेशन एन्ड स्पोट्र्स मेडिसिनका निर्देशक डा आशिष कन्टै«क्टर भन्छन्– यो रोचक अध्ययनले एकपटक पुनः मध्यमदेखि तीव्र शारीरिक सक्रियताको महत्वलाई रेखाङ्गित गर्छ ।
अध्ययनबारे आशिषको भनाइ छ, मध्यमदेखि तीव्रस्तरको शारीरिक कसरतले क्यान्सर र हृदयवाहिका रोगबाट हुने मृत्युलाई रोक्न सक्छ । उनको भनाइ छ वर्कआउटको लागि सर्वश्रेष्ठ समयको महत्वको कुरा होइन । बरु वर्कआउट नियमित हुनुले बढी महत्व राख्छ ।
मुख्य कुरा यो हो कि कसरत र शारीरिक गतिविधिलाई दिनचर्या र साप्ताहिक रूटिनको अङ्ग बनाउन जरुरी हुन्छ । सबैभन्दा राम्रो यही हो कि यो आफ्नो सुविधा अनुसार गर्नुपर्छ, जसलाई लामो समयसम्म कायम राख्न सकियोस् र सबैभन्दा बढी महत्वको कुरा पनि यही रहन्छ । स्पष्ट छ कि अध्ययनको नतीजाबाट सहमत हुन सहज छैन, जबसम्म त्यसको नतीजाबाट व्यापक लाभ हासिल गर्दैनौं ।