नासाको इनजेनिटी हेलिकप्टरले हालै आफ्नो ५०औं उडान पूरा गरेको छ । १३ अप्रिलका दिन यस हेलिकप्टरले १४५.७ सेकेन्डमा ३२२.२ मिटरको दूरी तय गरेको थियो । यसका साथै हेलिकप्टर ६० फिट उचाइँसम्म गएको थियो, जुन एउटा नयाँ रेकर्ड पनि हो । प्लैटेनरी साइन्सका निर्देशक लोरी ग्लोजले भने– जसरी राइट बन्धुले एउटा हवाइजहाज बनाउने खोजमा आफ्नो प्रयोग जारी राखे, त्यसै प्रकार इनजेनिटी टीमले पायलट गर्ने र अन्य दुनियाँमा पहिलो हेलिकप्टर चलाउने सिक्न जारी राख्यो ।
नासाले इनजेनिटीको ४७औं उडानको भिडियो शेयर गरेको छ । भिडियोलाई ९ मार्च, २०२३ मा नासाको पर्सिवरेन्स रोबरमा सवार मास्टकैम–जेड इमेजरद्वारा क्याप्चर गरिएको थियो । भिडियो लिने समय हेलिकप्टर र रोवरबीच ३९४ फिटको दूरी थियो । नासाले भनेको छ– यो हेलिकप्टर उड्ने बेलामा चारैतिर धूलो फैलिन्थ्यो । यस दौरान हेलिकप्टरले ४४० मिटर उडान भ¥यो । अवतरणको समय यो हेलिकप्टर क्यामरामा देखिएन ।
इनजेनिटी हरेकपटकको उडानमा एउटा नयाँ रेकर्ड बनाउँथ्यो । यो हेलिकप्टर रातो ग्रहमा फेब्रुअरी २०२१ मा पुगेको थियो । नासाको मार्स पर्सिवरेन्स रोबरसँग जोडिएको थियो । यसले १९ अप्रिल २०२१ मा आफ्नो पहिलो उडान भरेको थियो । चाँडै यसको उडानको दुई वर्ष पूरा हुनेछ । नासा अनुसार बढी चुनौतीपूर्ण क्षेत्रको सामना गर्नुको अलावा इनजेनिटीले आगामी दिनमा धेरै उडान भर्नेछ ।
नासाले मङ्गल ग्रहमा जीवनको अवशेष खोजिरहेको छ र चट्टानी ग्रहको नमूना लिंदैछ । यस नमूनालाई एउटा ट्युबमा सिल गरेर राखिएको छ र पृथ्वीमा ल्याउने योजना बनाउँदैछ । रोबर ब्याकअप नमूना ट्युब पनि ल्याएको थियो तर हालैको दिनमा उसले ग्रहको सतहमा खसाल्यो । यदि भविष्यमा रोबरबाट नमूना निकाल्न समस्या हुन्छ भने इनजेनिटी हेलिकप्टर रोबोटले जमीनमा खसेको ट्युबलाई सङ्कलित गर्नेछ ।