प्रस, वीरगंज, ४ वैशाख/

डिभिजन वन कार्यालय, वीरगंज मातहतमा रहेको साझेदारी वन व्यवस्थापन समूह, सबैयामा आबद्ध कर्मचारी तथा निर्वाचित पदाधिकारीहरूको मिलेमतोमा व्यापक भ्रष्टाचार भएको छ ।

पदाधिकारीहरूको म्याद सकिन केही समय बाँकी रहेको बेला संरक्षण, उत्पादन, अतिक्रमणमुक्त बनाउने अभियानको नाममा दैनिक लाखौं रुपियाँ भुक्तानी दिने गरिएको स्रोतले दाबी गरेको छ । त्यस्तै, आफ्ना आसेपासे तथा मतदातालाई हेरालु तथा अन्य पदमा जागीर दिने गरिएको पाइएको छ ।

सो साझेदारी समूहमा हुँदै आएको भ्रष्टाचार तथा अनियमितताको आरोपमा केही महीनाअगाडि एकजना कर्मचारी निलम्बनमा परेका थिए । साझेदारीका प्रमुख रामपुकारप्रसाद यादव घूस रकमसहित रङ्गेहात पक्राउ परेपछि मधेस प्रदेश सरकारले उनलाई निलम्बन गरेको छ ।

साझेदारीका पदाधिकारी तथा कर्मचारीहरूले सो क्षेत्रमा कुनै काम नगर्ने र अभियानको नाममा रकम मात्र अनियमितता गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । जनताको नाममा छुट्याइएको काठलाई अवैधरूपमा बिक्री गर्ने, नक्कली व्यक्ति खडा गरेर प्रक्रियागत तरीकाले काठ निजी समिलसम्म पु¥याउने गरेको स्रोतले बताएको छ । वनहेरालु वनको हेरचाह नगरी घरमा बस्दा चौपायाहरू जङ्गलमा चर्न जाने, जङ्गल छेउछाउ अतिक्रमण हुने र तस्करहरूले रूख काट्ने, उखेल्ने गरेका कारण वनविनाश भइरहेको स्थानीयको भनाइ छ ।

बिरुवा उत्पादनको नाममा पनि  भ्रष्टाचार भएको र उत्पादित बिरुवा संरक्षण नहुने गरेको स्थानीयको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here