प्रस, परवानीपुर, ४ वैशाख/

बारा क्षेत्र नं २ को चुनावमा राजनीतिक दलका उम्मेदवारहरू छुट्टाछुट्टै रणनीति बनाएर चुनावी अभियानमा लागेका छन् । तीमध्ये हुन्– प्रभु साह नेतृत्वको आम जनता पार्टीका मोबाइल चुनाव चिह्न लिएर लड्ने उम्मेदवार अधिवक्ता अरुण ज्ञवाली ।

बारा–२ को गंजभवानीपुर घर भई  गंजभवानीपुरबाटै विद्यालय शिक्ष्Fा हासिल गरेका ज्ञवाली पेशाले अधिवक्ता हुन् ।

काङ्ग्रेस पृष्ठभूमिका अधिवक्ताको बसाइ हाल काठमाडौंमा भए तापनि सो क्ष्Fेत्रका जनताको दुःखसुखमा साथ दिने भनी उनी दोस्रोपटक चुनावमा होमिएका छन् ।

गत प्रतिनिधिसभा सदस्यको चुनावमा काङ्ग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारको रूपमा उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले करीब आठ हजार मत पनि ल्याए । यस उपनिर्वाचनमा उम्मेदवारी नदिने मनस्थितिमा पुगेका ज्ञवाली वृन्दावन गइसकेका थिए तर स्थानीय सर्वसाधारण मतदाताको आग्रहमा आफूले उम्मेदवारी दिएको बताउँछन् ।

प्रभु साहको विकासको मोडेल र मतदातामा ज्ञवालीको क्रेजले गर्दा दुईटै समूहबीच साझेदारी भएको हो । मैले प्रभु साहको पार्टीको सदस्यता लिएको छैन, चुनाव चिह्न मात्र लिएर लडिरहेको छु, उनले भने ।

हामी दुवैजनाको सिद्धान्तले बारा–२ को कल्याण हुन्छ र वैशाख ७ पछि चुनावी अङ्कगणित बदल्नमा आफू घामपानीको प्रवाह नगरी फिल्डमा खटेको उनी सुनाउँछन् ।

अहिले उनको प्रचारसभा र घरदैलो कार्यक्रममा डिजेसहितको गाडीको प्रयोग एवं टिकटक कलाकारहरूले पनि साङ्गीतिक कार्यक्रम दिइरहेका छन् । यसलाई विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताहरूले नचनिया–बजनिया लगाएर मत मागेको आरोपसमेत लगाउँछन् । यस प्रकारको प्रचारशैलीबारे उनी भन्छन्– मैले शुरू–शुरूमा अचम्म मानेको थिएँ तर प्रभुजीसँगै कार्यक्रम गर्न थालेपछि शुरूमा कलाकारहरूको भजनकीर्तनबाट कार्यक्रम शुरू गर्दा मतदाताहरूको उल्लेख्य उपस्थितिमा हामीले आफ्ना मुद्दाहरू मतदातासमक्ष राखिरहेका छौं, यसलाई नकारात्मक भन्नुहुँदैन ।

उनले केही राजनीतिक दलहरूसँग वार्ता चलिरहेको र अन्य दलले आफूलाई वा आफूले अरूलाई सघाउने विषयमा पनि रणनीति बनिरहेको दाबी गरे । उनले भने, मेरो लडाइँ जनमत पार्टीका शिवचन्द्रसँग हो, उपेन्द्रसँग होइन । राम्रै मत ल्याउँछौं भन्ने आशा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here