प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिति रौतहटको आयोजनामा मिशन ग्रासरूट अभियान अन्तर्गत विस्तारित बैठक शनिवार सम्पन्न भएको छ।
बैठकका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय प्रतिनिधि अजयकुमार गुप्ताले मिशन ग्रासरूटबारे जानकारी गराउँदै प्रेस चौतारीलाई सुदृढ गराउन आफूले सक्दो सहयोग गर्ने बताए। नेकपा एमालेका विभिन्न भ्रातृ सङ्गठनलाई सङ्गठित गर्ने तथा सृदृढ गर्ने अभियान रहेको उनले बताए। मुलुकमा दक्षिणपन्थीहरू हाबी भएकाले ग्रासरूट अभियान अन्तर्गत सचेत गराउन अभियान प्रभावकारी भएको बताए।
प्रेस चौतारीका जिल्ला अध्यक्ष आदर्श उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेशका महासचिव श्याम बन्जारा, प्रेस चौतारीका मधेस प्रदेश इन्चार्ज कमल उपाध्याय, केन्द्रीय सदस्य अच्युत पौडेल, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश सदस्य शैलेन्द्र झा, प्रेस चौतारीका रौतहट इन्चार्ज रमेश तिमिल्सिना, सर्लाही इन्चार्ज सञ्जय मिश्र, मधेस प्रदेश महासचिव गौतम श्रेष्ठलगायतले सुझाव दिएका थिए। कार्यक्रममा प्रेस चौतारीका सदस्यहरूको सहभागिता थियो।