प्रस, वीरगंज २ वैशाख/

नेपाल सरकारको सुप्रबल जनसेवाश्री पदकबाट वीरगंजका उद्योगी, स्वास्थ्यकर्मीहरू सम्मानित भएका  छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगी अशोककुमार बैद, सुबोधकुमार गुप्ता, दीपेन्द्रकुमार कलवार, वीरगंज हेल्थ केयर अस्पतालका सञ्चालक डा अबुल हैस अन्सारीलाई नेपाल सरकारको प्रबल जनसेवाश्रीबाट विभूषित गरेका हुन्।

यसैगरी, वीरगंजका स्वतन्त्रता सेनानी स्व मेघराज उपाध्यायलाई प्रसिद्ध प्रबल जनसेवाश्री र व्यवसायी मुरलीधर रूँगटालाई सुप्रबल जनसेवाश्रीबाट विभूषित गरिएको छ।

नारायणी अस्पतालकी नर्सिङ निरीक्षक हेमा थापा पनि जनसेवाश्री विभूषणबाट विभूषित भएकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here