पर्सागढी नगरपालिकास्थित प्रसिद्ध धार्मिकस्थल कोइलाभारमाई र आमोदेवीस्थलमा नयाँ वर्ष २०८० मनाउन आन्तरिक पर्यटकहरूको चहलपहल देखिएको छ।
नयाँ वर्ष २०८० मनाउन आन्तरिक पर्यटकहरू वीरगंज, सिमरा, जीतपुरलगायत बारा–पर्साका ग्रामीण भेगका स्थानीयहरू पिकनिक तथा घूमघाम गर्न कोइलाभार र आमोदेवी आएका हुन्। कोइलाभार र आमोदेवी प्रसिद्ध धार्मिकस्थल रहेका र यो हरियाली सिमसार क्षेत्र भएको हुनाले आन्तरिक पर्यटकहरू पिकनिक तथा घूमघाम गर्न आउने गर्छन्।