प्रस, रौतहट, ३० चैत/

रौतहट जिल्ला अदालतका न्यायाधीश बाबूकाजी बानियाँले नयाँ वर्षबाट बार–बेन्चको सम्बन्ध राम्रो, समृद्ध र अनुशासित बन्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल बार एशोसिएशनद्वारा गौरमा आयोजित कार्यक्रममा शुभकामना दिंदै विश्वभन्दा फरक शैलीमा हाम्रो यहाँ नयाँ वर्ष मनाउने चलन रहेको जिकिर गरे । विविधताले भरिएको देश नेपालमा हरेक जाति, धर्म अनुसार नयाँ वर्ष मनाइन्छ ।

नयाँ वर्षमा जुन जुन खराब काम छ, ती सबै छाडेर नयाँ कामको थालनी होस् भनी शुभकामना व्यक्त गरे । सीमान्तकृत वर्गको न्यायमा पहुँच पुग्न नसकेको र चेतना अभावमा यो समुदायका २० प्रतिशतको पनि न्यायमा पहँुच नपुगेको उनले बताए ।

न्यायाधीश बानियाँले देवानी फौजदारी कानून आए पनि कार्यान्वयनमा समस्या भएको बताए । उनले न्यायाधीश भएपछि कानून पढ्न अल्छी मान्छन् । कानून पढ्ने काम अब कानून व्यवसायीको मात्र हुन गएको छ, जबकि कानूनबारेमा न्यायाधीशहरू पनि अद्यावधिक हुन जरुरी रहेको उनले बताए ।

कानून व्यवसायीलाई कोट अफिसरको संज्ञा दिंदै न्यायाधीश बानियाँले कानून व्यवसायीले बताएपछि न्यायाधीशहरूले कार्यान्वयन गर्ने परिपाटी परिवर्तन हुन जरुरी भएको बताए ।

नेपाल बार एशोसिएशन रौतहटका अध्यक्ष नन्दकिशोर साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला न्यायाधिवक्ता  उदयचन्द्र अधिकारीले बार र अदालतको सम्बन्ध राम्रो रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here