प्रस, रक्सौल, २९ चैत/

अक्षय तृतीयाको अवसरमा हुने बालविवाह रोकथामका लागि जागरूकता कार्यक्रम सम्पन्न भएको छ ।

रक्सौलकी एसडिओ आरती कुमारी र सहायक बालविवाह निषेध, रामगढवाका सजाद आलमको संयुक्त अध्यक्षतामा राजकीय मध्यविद्यालय, सकरारको प्राङ्गणमा आयोजित जागरूकता कार्यक्रममा विद्यालयका छात्रछात्रा, अभिभावक र स्थानीयलाई बालविवाह रोकथाम र त्यसबाट समाजमा पर्ने कुप्रभावका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा स्थानीय पण्डित, मौलवी, टेन्टहाउस सञ्चालकलाई बालविवाहमा उनीहरूको संलग्नता नजनाउन सचेत गराइएको थियो । कार्यक्रममा बालकको वैवाहिक आयु २१ र बालिकाको १८ वर्ष हुनुपर्नेबारेमा समेत जानकारी गराएर सचेत पारेको प्रयास जुनेनल एड सेन्टर, रक्सौलका राज गुप्ताले जानकारी गराए ।

इन्स्पेक्टर मनोज शर्मा, सबइन्स्पेक्टर नेहा सिंह, डा वन्दना कण्ठ, प्रयास संस्थाकी आरती कुमारीलगायतले बालविवाहविरुद्ध मन्तव्य व्यक्त गरेका कार्यक्रममा विद्यालयका प्रअ अजीतकुमार सिंह, स्थानीय मुखिया मदन सिंह, प्रयास संस्थाका डा विजयकुमार शर्मा, अभिषेक पटेललगायतको सहभागिता थियो ।

नई रोशनी प्रयोजना, डङ्कन अस्पतालद्वारा स्थानीयहरूसमक्ष नुक्कड नाटकको माध्यमबाट जागरूकता दिने कार्य भएको नई रोशनी प्रयोजनाका जाँन थोले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here