प्रस, वीरगंज, १८ चैत/
प्रतीक दैनिकका स्तम्भकार उमाशङ्कर द्विवेदीले शनिवार निधन भएको छ ।
द्विवेदीको शनिवार दिउँसो सवा ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
आज दिउँसो २ बजे द्विवेदीलाई बिसन्चो भएर उनलाई तराई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा चिकित्सकहरू नभएको र उपचारमा लापरवाही भएको कारण नारायणी वयोधा अस्पतालमा भर्नाका लागि लग्ने क्रममा बाटोमा मृत्यु भएको द्विवेदीका छोराले बताए ।
उनले चैते रामनवमीमा व्रत बसेका पिताले हिजो शुक्रवार व्रत तोडेको र आज दिउँसो स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना गरिएको र उपचारको क्रममा निधन भएको बताए ।
मृतक द्विवेदी वीरगंज महानगरको भोजपुरी प्रतिष्ठानका संस्थापक अध्यक्ष रहनुका साथै वीरगंजका विभिन्न सञ्चारमाध्यमसँग आबद्ध थिए ।