कामको खोजीमा भौंतारिने अधिकांश बेरोजगार नेपाली गरीबीका कारण सामान्य र स्वस्थ जीवन जिउन सकिरहेका छैनन् । उनीहरूका बालबच्चाको उचित पोषण, शिक्षा वा स्वास्थ्यमा पहु“च छैन । बेरोजगारीका कारण अरू धेरै समस्या सिर्जित छन् । अस्वस्थ परिस्थिति, अपराध, प्रदूषण बेरोजगारीका कारण सिर्जित समस्या हुन् । युवाशक्ति रोजगारको खोजीमा गाउ“बाट शहर पस्ने एवं वैदेशिक रोजगारमा जाने हु“दा गाउ“को अवस्था कष्टकर बन्दै गइरहेको छ । रोजगारका लागि गाउ“बाट शहरमा बसाइ“सराइ गर्नेहरूको सङ्ख्या थेगिनसक्नु छ । यसले निम्त्याएका असरहरू भने कहालीलाग्दा छन् । अधिकांश गाउ“ युवाविहीन छन्, जसले गर्दा सामाजिक, सांस्कृतिक निरन्तरतामा त कठिनाइ आएको छ भने विकास निर्माण कार्य सुस्ताएका छन् । कति युवाहरू वैदेशिक रोजगारको लहडले गर्दा घरखेत गुमाएर आत्महत्या गर्न बाध्य छन् । कति युवाहरू विदेशबाट रगत पसिना गरी आर्जेको रकम शहरको सकसलाग्दो, सा“घुरो माटोमा खर्चिएर गन्तव्यविहीन बनेका छन् । युवावस्थामा कमाएको पैसा एक टुकुरो माटोमा खर्चिएपछि उमेर ढल्क“दै जा“दा न त ऊस“ग कुनै उद्यम गर्ने रकम हुन्छ, न त गाउ“मा खेतीपाती गर्न सक्ने सीप र जा“गर नै रहन्छ । शहरिया बन्ने लहडमा सारा आफन्त गुमाएर ऊ एक्लिन पुग्छ र जीवन झन् कहालीलाग्दो बन्छ ।
हरेक व्यक्तिको योग्यता अनुसारको नोकरी गर्ने र परिवारको भरणपोषण गर्दै आरामदायी जीवन जिउने सपना हुन्छ । तर अधिकांश नेपाली युवाले त्यो सपनाको पूरा गर्न पाउ“दैनन् । नेपाल श्रम सर्वेक्षण (२०१९) अनुसार प्रत्येक वर्ष कम्तीमा १६ लाखदेखि २० लाख नेपाली युवा रोजगारको खोजीका लागि रोजगार बजारमा आउ“छन् । उनीहरूमध्ये पा“च प्रतिशतले मात्र स्वदेशमा रोजगार पाएका छन् । विदेशिएका युवाहरूले पनि योग्यता, क्षमता अनुसारको काम पाउ“दैनन् र खतरा, गार्हो र फोहरको परवाह नगरी श्रम गर्न बाध्य छन् । यति हु“दा पनि रोजगारदाता एवं म्यानपावर कम्पनीको बदमाशीका कारण काम नपाउने, काम पाएर पनि तलब नपाउने, सहमति गरिएकोभन्दा फरक काम गर्नुपर्नेलगायतका समस्याहरू छन् ।
बेरोजगारीका कारण जीविका चलाउन गार्हो त छ“दैछ, देशको अर्थतन्त्र पनि प्रभावित पार्ने गर्दछ । केन्द्रीय तथ्याड्ढ ब्युरोका अनुसार हाल नेपालमा करीब ८६ लाख व्यक्तिले उनीहरूको योग्यता र सीपअनुरूप रोजगार पाइरहेका छैनन् । देशमा निरक्षर, बेरोजगारी १८ प्रतिशत छ भने शिक्षित बेरोजगारी नौ प्रतिशत छ । मुलुकमा करीब ७० हजार व्यक्ति स्नातक वा मास्टर डिग्री गरीकन पनि बेरोजगार देखिएका छन् । खाडी देश र अन्य मुलुकहरूमा लागेका करीब आठ लाख युवामध्ये ७४ हजार स्नातकोत्तर, दुई लाख १६ हजार स्नातक, करीब चार लाखभन्दा बढी प्रमाणपत्र तह र १५ लाखभन्दा बढी एसएलसी पास गरेकाहरू छन् । देशको औद्योगिक पूर्वाधारको अभाव र राजनीतिक अस्थिरताका कारण आठ सयभन्दा बढी नेपाली युवा हरेक दिन देश छाड्छन् । यसरी विदेशिएका युवाहरूको हरेक दिन सरदरमा दुईवटा लाश नेपाल भित्रिने गर्छ । यस्तो दर्दनाक अवस्था हु“दा पनि देशभित्र रोजगार सिर्जना गर्नेतर्फ सरकार उदासीन छ । केही रोजगारका अवसरहरूमा नातावाद, कृपावाद र अनियमितता छ । सत्तामा बस्नेहरू बेरोजगार युवाको समस्याभन्दा पनि पद र विप्रेषणमा लिप्त छन् ।