प्रस, निजगढ, १७ चैत/
निजगढ नगरपालिका-१ सिंगौलमा वन क्षेत्र अतिक्रमण बढ्दो छ । जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र करीब दुई हेक्टरभन्दा बढी वन क्षेत्रको जमीनलाई स्थानीयले कब्जा गर्दै घेराबार लगाइ खेतीपाती गर्न थालेपछि वन क्षेत्र अतिक्रमणको चपेटामा परेको हो ।

विगत केही वर्षदेखि वन समूहको निष्क्रियताका कारण स्थानीयहरूले वन समूहको जमीन अतिक्रमण गरी खेतीपाती गर्दै आएका हुन् । सिंगौलको नमूनाबस्तीको दक्षिणतर्फको भित्री ग्राभेल सडकस“गैको केही बीच र छेउको भागबाहेक अधिकांश वन क्षेत्रलाई स्थानीयहरूले घेराबार गरी अतिक्रमण गरेका छन् । अतिक्रमण हटाउन स्थानीय वन उपभोक्ता समूह र सबडिभिजन वन कार्यालयले चासो देखाएका छैनन् ।

वन समूहले वार्षिक साधारणसभा नगरेको, पदाधिकारीहरूको पदावधि सकिएको, कोषाध्यक्षको निधन भएको, वन समूहका पदाधिकारीहरूले वन संरक्षणमा चासो नदेखाएको आरोप लगाउ“दै गत फागुन २८ गते वडाध्यक्ष म·ल लोप्चनले डिभिजन वन कार्यालय, सिमरामा वन समूहविरुद्ध उजूरी गरेका थिए ।

वन समूहविरुद्ध वडाध्यक्षले उजूरी गरेस“गै वन समूहले वार्षिक साधारणसभा सम्पन्न गर्न वन समूहको खातामा रकम अभावका कारण ढिलाइ भइरहेको जानकारी दिएको वन समूहका अध्यक्ष निर्मल केसीले बताए । चैत ४ गते वडाध्यक्षसहित वन समूहका पदाधिकारीहरूबीच भएको छलफलमा साधारणसभा गर्न वडाध्यक्ष लोप्चनले तत्कालका लागि रकम उपलब्ध गराउने बताएपछि भोलि चैत १८ गते वन समूहको वार्षिक साधारणसभा तय गरे पनि अहिलेसम्म रकम उपलब्ध नभएकोले तोकिएकै समयमा साधारणसभा हुनेमा आशड्ढा रहेको अध्यक्ष केसीले बताए ।

उनले वनको संरक्षण, विकासको काम गर्दागर्दै ढलापडा रूखको छपान, कटानको आदेश लिने प्रक्रियामा अघि बढ्दा विभिन्न आरोप लगाइ वडाध्यक्षबाट नै असहयोग हुने काम भएको र पछि वन समूह कार्यसमिति निष्क्रिय हुन गएको बताए ।

अहिले वन समूह सक्रिय नरहेको र पहिले अतिक्रमण हटाएको तथा पुनः अतिक्रमणको प्रयास भएको र आफूहरूले सोको निगरानी गर्ने निजगढ सबडिभिजन वन कार्यालय, भमराका प्रमुख एवं सहायक वन अधिकृत रघुनाथ दासले बताए ।

डिभिजनल वन अधिकृत विनोद सिंहले कुनै पनि बहानामा बोटबिरूवा, रूख, वन पैदावर हानिनोक्सानी गर्न नहुने, वनज·ल क्षेत्र अतिक्रमण गर्नेविरुद्ध यथाशीघ्र मातहतका निकायलाई निर्देशन दिई कारबाही प्रक्रिया अघि बढाउने बताए । जिल्लाका विभिन्न स्थानमा गरी करीब १० हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको सो कार्यालयको तथ्याड्ढमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here