प्रस, वीरगंज, १७ चैत/
राजावादी संयुक्त मोर्चाले शुक्रवार वीरगंजमा प्रदर्शन गर्दै राजतन्त्रको माग गरेको छ ।
वीरगंजको घण्टाघरबाट निकालिएको र्यालीमा ‘राजा ल्याऊ, देश बचाऊ’, ‘आयो आयो राजा आयो’, ‘२०७२ सालको संविधान खारेज गर’, ‘गणतन्त्र मुर्दाबाद’, ‘सङ्घीयता खारेज गर’, ‘नेता चोर देश छोड’ नारा अङ्कित प्लेकार्डसहित नगरपरिक्रमा गरेर पुनः घण्टाघरमा पुगी कोणसभा गरेर समापन भएको थियो ।
कोणसभामा मोर्चाका अध्यक्ष जनकलाल साह, पृथ्वी झा, वीरेन्द्र थापा, शम्भुप्रसाद चौरसिया, राधाकृष्ण चौहान, सन्तोष गुप्ता, हरेराम रौनियार, राजेश यादव, लालसा देवी, संगीता साह, चुलाई मिया“, शम्भु घिमिरेलगायतले राजतन्त्रको माग गरेका थिए ।