प्रस, वीरगंज, १७ चैत/
वीरगंज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको शुक्रवार शपथग्रहणस“गै पदस्थापना भएको छ ।
प्रमुख निर्वाचन अधिकृत बालमकुन्द खरेलले नवनिर्वाचित अध्यक्ष अनिलकुमार अग्रवालसहित पदाधिकारी, सदस्यहरूलाई शपथग्रहण गराउनुुका साथै निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सङ्घका पूर्वअध्यक्ष बाबुलाल चाचानले वीरगंज तथा यस क्षेत्रले राष्ट्रिय राजस्वमा पुर्याइरहेको योगदानअनुरूप सरकारले यहा“का समस्याहरूको समाधान नगरेको बताए । उनले नेपालकै ठूलो औद्योगिक कोरिडोरको रूपमा रहेको वीरगंज/पथलैया औद्योगिक कोरिडोरलाई भौतिक सुुविधासम्पन्न बनाउने काम आजसम्म हुन नसकेको भन्दै दुःख व्यक्त गरे । उनले मुलुकको वर्तमान आर्थिक अवस्था, बैंक तथा वित्तीय संस्थाको भूमिका, उद्योग व्यापारको अवस्थालाई तत्काल राहत प्रदान गर्ने गरी राज्यले नीति नियम र प्रवद्र्धनात्मक कार्यक्रमहरू शीघ्र घोषणा हुनुपर्ने बताए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अनिलकुमार अग्रवालले पर्सा/बारा क्षेत्रका ऐतिहासिक पृष्ठभूमि, आर्थिक महŒव, सम्भावना र चुनौतीबारे चर्चा गर्दै दुई वर्षे कार्यकालका योजना तथा नीतिहरूबारे जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, पूर्वअध्यक्ष गणेश लाठ, सांसद प्रभु हजरा, वीणा जयसवाल, बारा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार साहलगायतले गुणस्तरीय उत्पादनलाई बजारीकरण गर्नलाई गर्नुपर्ने चुनौतीको अवस्थामा बैंकको नीतिले निजी क्षेत्र प्रताडित भएको बताए । कार्यक्रमको सहजीकरण वीउवासङ्का अधिकृत मनोज उपाध्यायले गरेका थिए ।