-बैद्यनाथ श्रमजीवी
जबसम्म मानव समाज ज·ली अवस्थामा थियो, तबसम्म समाजको चरित्र सामुदायिक थियो । सामाजिक चरित्र सामुदायिक हुनुमा त्यति बेलाको उत्पादक शक्ति प्रकृति हुनु नै प्रमुख कारण थियो । मानवजीवनमा दुःखकष्ट आज पनि छ र त्यति बेला पनि थियो । बा“च्नको लागि सङ्घर्ष र असफलताका कठोर अनुभूतिहरू त्यति बेला पनि थिए र आज पनि छन् । विभिन्न प्रकारका रोगहरूलगायत उपरोक्त कुराहरूले जुनसुकै बेला मानिसलाई शिकार गरी मार्न तम्तयार थिए र आज पनि छन् । अर्कोतिर त्यति बेलाको प्राकृतिक विपत्तिहरू बाढी, पहिरो, भूकम्प, आगलागी, चट्याङ, खडेरी मानव समाजले लगातार बेहोर्दै आएका छन् ।
यस्तै-यस्तै अप्रिय कारकहरूका कारण मानिसहरू सुखका पछाडि भौंतारिएका छन् । तर सुख भने कदाचित मात्रै प्राप्त हुन्छ । यही दुःख, वेदना र क्लेशको समाधान गर्न शायद मानिसले भगवान्को चिन्तन तथा आराधना गर्न थालेका हुन् । संसारमा सुख र आनन्दका लागि मानिसले आध्यात्मिकता अ“गाले । कतै आध्यात्मिक भावना र अभ्यासले जीवनमा सुख, मेलमिलाप र समृद्धि ल्याउन सहयोग हुन्छ कि भन्ने आशाले यसतर्फ आकर्षित भए । त्यसैका लागि पूजा, आराधनाको विधि-विधान र तीर्थको स्थापना तथा दर्शन गर्ने नियम बनाए । किनकि मानिस यो धरामा अरू प्राणीझैं निरीह छ । यो विश्व ब्रह्माण्डमा प्रकृतिको विशालकाय उपस्थिति अगाडि मानिसको हैसियत अति निरीह र नगण्य देखिन्छ । यसर्थ मानिसले एकातिर सुख र आनन्दका लागि आध्यात्मिक धारणाको विकास गरे । जस अन्तर्गत भगवान्, भाग्य, पुनर्जन्म, स्वर्ग, नर्क जस्ता चीजहरूको मिथक केवल कल्पनाभित्र तयार गरे ।
ठीक त्यसैगरी अर्कोतिर मानिसले जीवनमा सुख, समुन्नति तथा समृद्धि खोज्न अनेकन यन्त्रहरूको आविष्कार तथा प्रयोग गरे । ज्ञानविज्ञानका नया“नया“ क्षितिजहरूको खोज र आविष्कार गरी मानवजीवनलाई यथार्थको आधारमा दुःख, कष्ट र क्लेशका कारण खोज्नसमेत तल्लीन रहे । यस क्रममा उनीहरूले अध्यात्म र भगवान् तथा ईश्वरको अस्तित्वलाई सम्पूणर्रूपमा काल्पनिक मानेर अस्वीकार गरे । यस प्रकार मानव समाजमा जीवन र जगत्लाई हेर्ने दृष्टिकोण दुई किसिमका हुन पुग्यो । धार्मिक भाष्य अनुसार एउटा अध्यात्मवादी दृष्टिकोण छ भने अर्को भौतिकवादी दृष्टिकोण छ । यी दुई धार एकअर्काका विपरीत ध्रुवमा रही भिन्न व्याख्या र भिन्न तर्कहरू गरी एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।
एउटै अदृश्य सुपरपावरद्वारा यो पूरा संसार रचित तथा नियन्त्रित भइरहेको छ । हामी त्यही सुपरपावरका सृष्टि हौं र त्यसलाई बिर्सनु भनेको पाप हो । पाप गर्नाले हामी नर्कमा पर्छौं, यो मानव चोलामा भगवान्को भक्ति र भजन गाउनुपर्छ, प्रविधिले मानिसलाई भौतिकवादी र भोगवादी बनाउ“छ, त्यसबाट हामी अलग हुनुपर्छ । यसप्रकारका चिन्तनलाई अध्यात्मवादी भनिन्छ ।
यसका विपरीत भौतिकवादीहरू छन्, जो भगवान् र भक्तिमा विश्वास गर्दैनन् । सबै कुरा विज्ञान र प्रविधि मात्र हो, प्रकृति हो भनेर विश्वास गर्छन् । ईश्वर, धर्म, भगवान् वा सुपरपावर इत्यादि वाहियात हो भनी तर्क पेश गर्छन् । संसारमा भगवान्, सुपरपावर वा ईश्वर भए यतिका दुःख, अन्याय, अत्याचार किन भइरहेको छ ? भगवान्ले दुःखीको दुःख निवारण किन गर्दैनन् आदि दृष्टिकोण जाहेर गर्छन् । भौतिकवादीका विश्लेषणमा यो सम्पूणर् जगत् र ब्रह्माण्ड स्वस्फूर्त उत्पत्ति भएको हो र यो सृष्टि प्रकृतिबाट निर्देशित र नियन्त्रित छ ।
हाम्रो नेपाली समाज मूलतः आध्यात्मिक समाज नै हो । बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक तथा बहुधार्मिकतामा आधारित यो समाजको चरित्र आदर्शवादी नै रहेको छ । यहा“निर सबैभन्दा चाखलाग्दो कुरो के छ भने अध्यात्मवादीहरू मात्रै होइन अधिकांश तथाकथित भौतिकवादीहरूसमेत अध्यात्मवादी हुन् । आफूलाई नेपाली कम्युनिस्ट पार्टीको मूलधार बताउने नेकपा एमाले, माओवादीलगायतका सम्पूणर् संसद्वादी कम्युनिष्टसमेतले धार्मिकताको त्याग गर्न सकेका छैनन् । फलस्वरूप नेपालमा कम्युनिस्ट समर्थक मत धेरै देखिए तापनि भौतिकवादी समाज देखा पर्न सकेको छैन । पटकपटक कथित कम्युनिस्ट सरकार बने पनि सरकारले देशी-विदेशी पू“जीवादीको दलाली मात्रै गरेको देखिन्छ । फलस्वरूप हिजोसम्म चप्पल लगाउनेसमेत हैसियत नभएका कथित कम्युनिस्ट नेताहरू संसद्वादको चमत्कारले करोडपति, अर्बपति बन्न भ्याएका छन् । यस्तो अवस्थामा जनताले विचार पुर्याउनुपर्छ । जुन कम्युनिस्ट नेताको वा जुन कम्युनिस्ट पार्टीको व्यवहार दलालीको छ, जनमुखी छैन, तिनीहरूलाई मत दिएर जतिचोटि सत्तामा पुर्याए पनि पाउने केवल धोखा मात्रै हो । संसद्वादले विकास र समृद्धिको नाममा मह“गी, बेरोजगारी, भ्रष्टाचारबाहेक अरू केही सकारात्मक कुरा दिन सक्दैन । सा“च्चिकै नेपाल र नेपालीको समृद्धि चाहिने हो भने हामीले आजैको मितिबाट भौतिकवादी समाज निर्माणमा लाग्नुपर्ने हुन्छ । भौतिकवादी समाज भनेपछि त्यो अन्धविश्वासमुक्त हुनुपर्छ भन्ने कुरा बुझ्न जरुरी छ । सबैखाले अन्धविश्वासको जग अज्ञानता र धार्मिकता नै रहने गर्दछ । मानवजीवनमा राजनीतिक सत्ताले गर्दा देखिने गरेका भौतिक असुविधाहरू, विभेदहरू तथा भेदभावहरू कुनै पनि पूर्वजन्म वा पहिलेको कर्मको पापको फल होइन भन्ने कुरा सबैले बुझ्नु जरुरी छ । वर्गीय समाजभित्र शासक र शोषित कित्तामा बा“डिएको समाज हु“दाखानेहरू र हुनेखानेहरूको चरित्रलाई हामीले आर्थिक व्यवस्थामा गएर दलाल पू“जीवादले निम्त्याएका कृत्रिम सड्ढटहरूको रूपमा बुझ्न जरुरी छ । देशभित्र उत्पादनका सम्पूणर् काम ठप्प पारेपछि मानिसहरू दिनदिनैको समस्याले घेरिनु स्वाभाविक हो । गा“स, बास, कपास, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत नैसर्गिक सबै कुरा कमिशनको बलि चढ्नु स्वाभाविक हो । यसलाई नबुझेरै मानिसहरू भ्रमित हुन पुग्छन् कि उनीहरूको पूर्वजन्मको पापले यो सबै भइरहेको छ । त्यसैले अध्यात्मवादी चिन्तनसहितको समाजले वा पार्टी तथा कुनै नेताले भौतिकवादी समाज निर्माण गर्छु भन्छन् भने त्यो केवल मतको राजनीति हो वा अवसरवादी कुरा हो भनेर बुझ्नुपर्छ । यस्ता व्यक्तिहरू मुखले जति धेरै क्रान्तिकारी भएपनि व्यवहारमा अन्ततः स्वार्थी र भ्रष्टाचारी नै हुन्छन् । यिनीहरू रूपमा समाजको लागि केही गरेको जस्तो देखिए तापनि सारमा विकासको लागि अगाडि सर्दैनन् । बरु विभिन्न खालका तगाराहरू तेर्साइरहन्छन् । यसर्थ भौतिकवादी समाज निर्माणमा जतिसक्दो छिटो जुट्नुपर्ने अहिलेको आवश्यकता हो । किनभने भौतिकवादी समाजले मात्रै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन र टिकाउन सक्छ ।