प्रस, वीरगंज, ११ चैत/

गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवसको अवसरमा जिपी कोइराला फाउन्डेशन मधेस प्रदेशले वीरगंजमा शनिवारदेखि प्रदेशस्तरीय फूटबल प्रतियोगिता शेरू गरेको छ ।

आदर्शनगर रङ्गशालामा प्रतियोगिताको उद्घाटन नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सांसद अजय चौरसियाले गरेका थिए ।

उनले पर्सा जिल्लामा खेलकूदको आकर्षण बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले खेलाडीहरूलाई प्रोत्साहित गर्नुपर्ने र यस कुरामा आफूले पहल गर्ने बताए । प्रदेशसभा सदस्य एवं नेका, पर्साका सभापति जनार्दनसिंह क्षत्रीले खेलकूदको माध्यमबाट देशको पहिचान बन्ने हुनाले खेलप्रति रुचि देखाउन आग्रह गरे । उनले जिल्लामा हुने खेल प्रतियोगितामा आफ्नो सहयोग सदैव रहने बताए ।

फाउन्डेशनका मधेस प्रदेश अध्यक्ष महम्मद सहाबुद्दीनको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संविधानसभा सदस्य डा शोभाकर पराजुली, नेका, पर्साका उपसभापतिद्वय रामनारायण कुर्मी, अशोक गुप्ता, जनमत पार्टीका मुकेश द्विवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत पर्सा अध्यक्ष धीरज गुप्ता र सहजीकरण उज्ज्वल गिरीले गरेका थिए ।

उद्घाटन खेलमा गोलबजार स्पोट्र्स क्लब सिराहाले एकका विरूद्ध चार गोल गरी बिवाइसी, महोत्तरीलाई पराजित गरेको थियो । आइतवार वीरगंज युथ एकेडेमी र गोर्खाली फूटबल एकेडेमी, सर्लाहीबीच खेल हुने फाउन्डेशनका पर्सा अध्यक्ष धीरज गुप्ताले बताए । प्रतियोगितामा विजयी हुने टीमलाई एक लाख ५१ हजार नगद र दोस्रो हुनेलाई ७५ हजार नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुप्ताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here