प्रस, वीरगंज, १० चैत/

वीरगंज महानगरपालिकाका प्रमुखमा राजेशमान सिंहले महानगरको सरसफाइमा निकै काम गरेका छन् ।

अहिले महानगरका मुख्य सडक, सहायक सडकहरू फोहोररहित छन् । जथाभावी फोहोर फाल्नेहरूलाई महानगरले जरिवाना गर्न थालेपछि महानगरवासीहरू फोहोरप्रति झनै सजग छन् ।
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरले सरसफाइ र वृक्षारोपण गरेर सो क्षेत्रको सौन्दर्यता बढेको छ ।

तर त्यही आदर्शनगरवासीले सञ्चालन गरेका उद्योगका फोहोरहरू भने अहिले अन्य वडामा फालेर दुर्गन्धित पार्ने काम भइरहेको छ ।

वीरगंज–१० आदर्शनगर क्षेत्रमा ठाकुर राम बहुमुखी क्याम्पसदेखि उत्तरपश्चिममा उद्योगहरू सञ्चालनमा छन् । सो ठाउँका उद्योगहरूले आफ्ना उद्योगका फोहोरहरू तोकिएको ठाउँमा नफालेर नजीकै रहेको श्रीसिया नदी पुलपारि वडा नं २५ मा जथाभावी फाल्दै आएका छन् । आदर्शनगरमा रहेका उद्योग सञ्चालकहरूका कारण अहिले वडा नं २५ श्रीसिया जाने पुलदेखि पश्चिमतर्फको बाटो फोहोरको डङ्गुरले दुर्गन्धित भएको छ ।

ग्रीन सिटीका अध्यक्ष तथा वीरगंज महानगरको सफा सुन्दर अभियानका संयोजक प्रकाश खेतानले सो क्षेत्रामा फोहोर व्यवस्थापन गरिने बताएका छन् । उनले आफूले पनि सो सूचना पाएको बताए । जथाभावी फोहर फाल्नेहरूको पहिचान गरी दण्डित गरिने उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here