बलिराम शुक्ल, बिरुवागुठी, ७ चैत/
पर्सागढी नगरपालिका–८ रमौलीनजीक थरुहट सडकको सिंगाई खोलामा रहेको ह्युमपाइप गएराति आएको वर्षाले बगाएको छ ।
हिजोदेखि परेको वर्षाका कारण आज बिहान सिंगाई खोलामा राखिएका दुईवटा ह्युमपाइपमध्ये एउटा बगाएको स्थानीयले बताए ।
ह्युमपाइप बगाएपछि यो सडकखण्ड भएर हुने आवतजावत प्रभावित भएको छ ।
थरुहट सडक भएर बागेश्वरी तित्रौना, एकटाँगा, तेलियालगायत आधा दर्जनभन्दा बढी स्थानका मानिसहरूको आवतजावत हुने गरेको थियो । यो बाटो भएर नगरपालिका कार्यालय र बडनिहार तथा जीतपुर बजार जान छोटो दूरी पथ्र्यो ।
ह्युमपाइप बगाएपछि आवतजावत ठप्प प्रायः भएको स्थानीय लक्ष्मी यादवले बताए । पर्सागढी नगरपालिका र वडापालिकाको कार्यालयले बर्सेनि ह्युमपाइप वर्षायाममा बग्ने गरे पनि स्थायी समाधानका लागि कल्भर्ट बनाउन सकेको छैन ।