हामीले हरेक भान्सामा सजिलैसँग ज्वानु पाउँछौं । यसको सामान्यतया तरकारीमा स्वाद बढाउनको लागि प्रयोग गरिन्छ । ज्वानु सेवनले स्वास्थ्यलाई धेरै फाइदा पु¥याउँछ ।
ज्वानुमा प्रोटिन, फाइबर, क्याल्शियम, कार्बोहाइड्रेट, आइरन, पोटाशियम आदि पोषक तत्वहरू पाइन्छन् । यी सबै पोषक तत्व शरीरका धेरै स्वास्थ्य समस्या हटाउन लाभदायक हुन सक्छन् । ज्वानु मात्र होइन, ज्वानुको पानी पनि स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । यसको प्रयोगले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र रोग प्रतिरोधी क्षमता बढाउन निकै फाइदाजनक हुन्छ । ज्वानुको पानी पिउँदा पाचन क्रिया पनि राम्रो हुन्छ । नियमितरूपमा ज्वानु पानी पिउनाले धेरै स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ । ज्वानुको पानी पिउनुका फाइदाहरूबारे विस्तृतमा जानौं ।
पाचन प्रणाली स्वस्थ राख्छ
गलत खानपानका कारण अक्सर पाचन समस्या हुने गर्छ । यस्तो अवस्थामा ज्वानुको पानी पाचन क्रियालाई राम्रो बनाउन निकै फाइदाजनक हुन्छ । यसमा घुलनशील फाइबर पाइन्छ, जसले पाचन प्रणालीलाई बलियो बनाउन मदत गर्छ । ज्वानुको पानी पिउनाले ग्यास्ट्रिक एसिड र पाचन इन्जाइम बढाउन मदत गर्छ । पेटमा ग्याँस, कब्जियत र एसिडिटी जस्ता समस्यामा यो फाइदाजनक हुन्छ ।
रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुहोस्
मधुमेहको समस्यामा ज्वानुको पानी पिउनु निकै फाइदाजनक हुन्छ । ज्वानुमा पाइने तत्वले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मदत गर्छ । मधुमेहका बिरामीले खानापछि ज्वानुको पानी पिउने हो भने यसले रगतमा चिनीको मात्रा बढ्नलाई रोक्न मदत गर्छ । यदि कसैलाई मधुमेह छ भने चिकित्सकको सल्लाहमा ज्वानुको पानी पिउनुपर्छ ।
प्रतिरक्षा बलियो बनाउन
ज्वानुको पानी पिउँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । वास्तवमा ज्वानुमा पाइने तत्वले रोग प्रतिरोधात्मक क्षमतालाई मजबूत बनाउन मदत गर्छ । नियमितरूपमा ज्वानुको पानी पिउनाले धेरै रोग र सङ्क्रमणबाट बच्न सकिन्छ ।
दमका रोगीहरूको लागि लाभदायक
दमका बिरामीका लागि ज्वानुको पानी निकै फाइदाजनक हुन्छ । दैनिक ज्वानुको पानी पिउनाले दम र श्वासप्रश्वासको समस्यालाई धेरै हदसम्म कम गर्न सकिन्छ । ज्वानुको पानी पिउँदा रुघाखोकीबाट राहत मिल्नुका साथै यसले छातीमा जम्मा भएको कफलाई बाहिर निकाल्न पनि मदत गर्छ ।
वजन घटाउन सहायता
यदि तौल घटाउन चाहनुहुन्छ भने हरेक बिहान खाली पेटमा ज्वानुको पानी पिउनुपर्छ । ज्वानुको पानीमा फाइबर पाइन्छ, जसले लामो समयसम्म पेट भरिराख्छ । जसले गर्दा कम भोक लाग्छ र तौल घटाउन सजिलो हुन्छ । नियमितरूपमा ज्वानुको पानी पिउनाले शरीरमा जम्मा भएको अतिरिक्त बोसो घटाउन मदत गर्छ ।
ज्वानुको पानी बनाउने विधि
ज्वानुको पानी बनाउन एक गिलास जति पानी तताउनुपर्छ । त्यसपछि त्यसमा आधा चम्चा ज्वानु हालेर उमाल्नुपर्छ । यसलाई छानेर चीसो पारेर उपभोग गर्न सकिन्छ ।
नियमितरूपमा ज्वानुको पानी पिउनाले धेरै स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ । तर ध्यान राखौं कि कुनै स्वास्थ्य समस्या वा एलर्जी छ भने चिकित्सकको सल्लाहपछि मात्र सेवन गर्ने गरौं ।