नयाँ दिल्ली ६ चैत/एएनआई

जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमवार भारत आइपुगेका छन् ।

किशिदालाई केन्द्रीयमन्त्री राजीव चन्द्रशेखरले दिल्लीको विमानस्थलमा स्वागत गरेका छन् । भ्रमणका क्रममा किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुका साथै जापानको इन्डो–प्यासिफिक रणनीति र उसको नयाँ प्रतिरक्षा प्रणालीबारे पनि सम्बोधन गर्नेछन् । पन्ध्र वर्ष अघि प्रधानमन्त्री शिन्जो आबेले आफ्नो दिल्ली भ्रमणका क्रममा इन्डो–प्यासिफिक सहकार्यबारे पहिलोपटक बोलेका थिए ।

दुवै प्रधानमन्त्रीले दिल्लीस्थित बुद्ध जयन्ती पार्कमा सँगै पदयात्रा गरी गौतम बुद्धको पालाको गहिरो जरा भएको पूज्य वृक्ष बालबोधीको अवलोकन गर्ने बताइएको छ ।

भारत र जापानबीच सन् २००० मा ‘विश्व साझेदारी’, सन् २००६ मा ‘रणनीतिक तथा विश्व साझेदारी’ र सन् २०१४ मा ‘विशेष रणनीतिक तथा विश्व साझेदारी’ मा परिणत भएको थियो ।

दुवै देशले सन् २००६ देखि नियमित रूपमा वार्षिक शिखर सम्मेलन गर्दै आएका छन् । पछिल्लो वार्षिक शिखर सम्मेलन मार्च २०२२ मा नयाँ दिल्लीमा भएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here